- Loading...
घटे पर्यटक, बन्द भए उडान
- पुनहिल डट कम
- ६ साल अघि
- ३२७ पटक पढिएको

चिसो बढेसँगै यात्रुको चाप घटेपछि आकल झुक हेलिकोप्टरले रिस्की उडान भर्ने बाहेक हिमालपारीको जिल्ला मुस्ताङलाई हवाई मार्गले जोड्ने पोखरा– मुस्ताङ हवाई मार्ग सुनसान छ ।
८ सय ३९ मिटर लामो पक्की धावन मार्ग रहेको जोमसोम विमानस्थलबाट पिक सिजनमा आर.ए., तारा र समिट एयरलेगरी २०–२१ उडान भर्ने पोखरा–जोमसोम–पोखरा रुटमा हिजोआज मुस्किलले १–२ उडान गर्ने गरेका छन । यात्रु घटेसंगै आर.ए.ले त उडान बन्द गरेको छ । तारा यएरले दैनिक सेडुलमा एक उडानगरेपनि समिटले यात्रु भए उडान गर्ने गरेको छ ।
‘चिसोले यात्रु घटेपछि पोखरा–जोमसोम–पोखरा उडान घटेको छ । आफै मुस्ताङ्गी जाडो छल्न घर छोडेर बेंशी भरेकोले उडानपनि प्रभावित छ’ नागरिक उड्ययन प्राधिकरण जोमसोमका बरिष्ट अधिकृत विशाल वरुणले भने, ‘आर.ए.ले उडान बन्द गरेको छ, समिटको पनि यात्रु पाए उडान भर्छ । मौषम ठिक भए तारा एयरले नियमति उडान गरेको छ ।’
जोमसोम विमान स्थलको अभिलेख अनुसार सिजनमा पोखरा–जोमसोम–पोखरा हवाई रुटमा आर.एले दैनिक ५, समिट र तारा एयरले दैनिक ७–८ उडान भर्ने गरेका छन । उत्तिकै संख्यामा हेलिकोप्टरले पर्यटक बोक्ने गर्छन । पोखरा–जोमसोम मार्गका अधिकांश यात्रु पर्यटक हुन ।
जोमसोम विमान स्थल २ हजार ६ सय ८२ मिटर उचाईमा अवस्थित छ । पोखरा–जोमसोम १८–२० मिनेटमा उडान गर्न सकिन्छ । पोखरा–जोमसोम रुटमा पर्ने घोडेपानी–घाँसासम्मको करिव ५ मिनेटको उडान क्रममा प्लेन टावरसँग विच्छेद हुन्छ । त्यसैले यसलाई वफर जोन भनिन्छ ।
कालीगण्डकी नदीको कटानले बनाएको धौलागिरी र अन्नपुर्ण हिमश्रृखला विचको ६ हजार ९ सय ६७ मीटर गहिरो खोंच जस्लाई संसारकै गहिरो गल्छी ‘अन्धगल्छी’ मानिन्छ । पोखराबाट उडेको प्लेन घोडेपानी पुगेपछि कालीगण्डकी नदीलाई देव्रे पारेर ‘वफर जोन’ मानिएको शिख, पाउद्धार, नारच्याङ वस्तीमाथीबाट निलगिरी हिमाल छेउको ‘अन्धगल्छी’ छिचोलेपछि लेतेबाट दाहिने मोडिएर जोमसोम पुग्छ । पोखरा–जोमसोम रुटमा उडान भर्ने प्लेनहरु म्याग्दीको पर्यटकीय वस्ती घोडेपानीको पुनहिल भ्यू पोइन्टबाट तल देखिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
