FLASH NEWS
  • Loading...

नगर स्तरिय राष्ट्रिपति शिल्ड हुने

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९६ पटक पढिएको
Post Thumbnail

बेनी नगरपालिकाले माघ १८–२० गते बेनीमा नगरस्तिरिय अन्तर माध्यामिक विद्यालय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा नगरभित्रका ६ निजी समेत २२ माध्यामिक विद्यालयले छात्र÷छात्र तर्फका भलिवल, कवड्डी, एथेलेटिक्स तर्फ एथेलेक्सि तर्फका हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सटपुट, एक–दुई–चार, आठ, १५ सय तथा पाँच हजार मिटर दौड सटफु र मार्सल आर्ट तर्फका तेक्वाण्डो, कराँते र उसु खेल समावेश हुने छन ।

‘माघ तेस्रो साता नगरस्तरिय अन्तर माध्यामिक विद्यालय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेका छौं । विद्यालयलाई तयारी छोटो भएपनि सवै खेलमा सहभागिताको विश्वास गरेका छौं’ बेनी नगरपालिका, ७ का वडाध्यक्ष एवं राष्ट्रपति शिल्ड आयोजना समितिका संयोजक राजेन्द्र श्रेष्ठले भने, ‘प्रतियोगिता संञ्चालन गर्न अनुमानित ८ लाख ५० हजार खर्च हुने अनुमान गरेका छौं ।’

जिल्लाका उत्तरी सिमावर्ती अन्नपूर्ण र पश्चिमका दुर्गम धौलागिरी गाउ“पालिकाले राष्ट्रपति रनिङ शिल्ड आयोजना गरिसकेका छन ।