- Loading...
निर्माण व्यवसायी संघको निर्वाचन माघ १९ गते
- पुनहिल डट कम
- ६ साल अघि
- ३५९ पटक पढिएको

शनिवार सुरु भएको निर्माण व्यवसायी संघ म्याग्दीको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको निर्वाचन कार्यक्रम १५ दिन पर सरेको छ । नयाँ नेतृत्व चयन हुने भनिएको अधिवेशन असन्तुष्ट पक्षलाई पनि मिलाएर लैजाने भन्दै माघ १९ गते सम्मका लागि पर सारिएको हो ।
साधारणसभामा उपस्थित भएका व्यवसायीहरुले असन्तुष्ट पक्षधरहरुलाई पनि मिलाएर लैजानु पर्ने मत राखेपछि अधिवेशनको निर्वाचनको कार्यक्रम मात्र माघ १९ गतेलाई सारिएको सहभागि एक व्यवसायीले बताए ।
उद्घाटन सत्र सकिएको छ निर्वाचनका लागि आवश्यक तयारी नपुगेकाले माघ १९ गते मतदानको कार्यक्रम गर्ने निर्णय भएको अध्यक्ष नारायण जिसीले बताए । बहुमत सदस्यहरुको उपस्थिति भएपनि निर्वाचनका लागि तयारी नपुगेकाले स्थगित गर्नुपरेको उहाँको भनाई छ ।
संघको विधानले पूर्णता नपाएको र अन्य कुराहरु पनि मिलाउनु पर्ने भएकाले माघ १९ गते सम्म अधिवेशनको अन्य कार्यक्रम स्थगित गरिएको संघका सल्लाहकार सन्तोष रावलले बताउनुभयो । यता असन्तुष्ट पक्षहरुले भने अधिवेशनमा बहुमत नपुगेकाले अधिवेशन स्थगित भएको बताएका छन् । अधिवेशनमा असन्तुष्ट पक्षहरुले सहभागिता जनाएका थिएनन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
