आज:  | Tue, 05, Jul, 2022

म्याग्दी प्याब्सनमा पुनः कृष्ण सुवेदी

५ माघ २०७५, शनिबार १६:०४ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
निजी तथा आवसीयस विद्यालय अर्गनाईजेन नेपाल म्याग्दीको छैठौं जिल्ला अधिवेशनबाट लोकदीप आवसीय माध्यामिक विद्यालय बेनीका फाउण्र प्रिन्सिपल कृष्णप्रसाद सुवेदी पुनः अध्यक्षमा दोहोरिएका छन । अधिवेशनबाट उपाध्यक्षमा केवी एकेडेमी दरवाङका हिरा पुन, सचिवमा श्रीराम पौडेल जनहित आवसिय मावि सहस्रधारा, सहसचिवमा तातोपानी एकेडेमीका कृष्ण खड्का, कोषाध्यक्षमा सनराईज एकेडेमी बरंजाका विरेन्द्र घर्ती निर्वाचित भएका छन । त्यसैगरी अधिवेशनबाट ओम पुन दरवाङ एकेडेमी, शुशिला तिलिजा मृकुटी सनसाईन एकेडेमी, याम थापा डनिङ बोडिङ स्कुल बाबियाचौर, न्यू वेष्ट वेष्ट पोईन्ट र लिटलगार्डेन एकेडेमी सदस्य रहेको नवनिर्वाचित अध्यक्ष कृष्ण सुवेदीले बताए ।