आज:  | Sat, 25, Jun, 2022

बेनीबासीलाई सँधैको त्रास

४ माघ २०७५, शुक्रबार १०:४१ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
उत्तरबाट दक्षिण झरेको कालीगण्डकीको पश्चिम किनारामा अवस्थित छ, बेनीबजार । बेनीको पूर्वी कालीगण्डकी नदीतटका कम्तीमा दुई सय घरधनी मध्य एक हुन, बालकृष्ण सुवेदी ।सुवेदीलाई हिउँदका दिनमा पनि रातभर निद्रा लाग्दैन । बालकृष्ण मात्र होईन कालीगण्डकी नदी कटाबाट प्रत्यक्ष प्रभावित बेनीबासीलाई ६ महिनापछि असार–भदौमा कालिगण्डकी नदीमा उर्लेर आउने बाढीले सताउने गरेको हो । काली र म्याग्दी खोलामा पानीको सतह मान्छे हिँडेरै वारपार गर्न मिल्नेगरी घटेको छ । तर नदी किनारा र भीरको जरोमा अवस्थित बेनीबासीको मनमा भने त्रास घटेको छैन । दायाँ र बायाँ कोखाबाट म्याग्दी र कालीगण्डकी नदीको निरन्तर कटानले खुम्चदै बेनी संरक्षण गर्न लगाएको पक्की आरसिसि वाललाई गत बर्खा बाढीले बगाएपछि पुनः लगाउने कार्यालय, बजेटर र कार्यक्रम टुङ्गो नलाग्दा अन्यौल भएको हो । जोखिमयुक्त जिल्ला सदरमुकाम संरक्षण कार्यक्रम अन्र्तगत समुदायले लगाएको पुरानो ग्याभिन जाली भत्काएर ठडाईएको दुई सय २० मिटरभन्दाबढी आरसिसि पक्की तटवन्द गत बर्खा कालीगण्डकीमा आएको बाढीले बगाएको थियो ।‘बेनी संरक्षणमा भैरहेको अलमल र वेवास्ताले थपेको अन्यौल ग्रस्त भविश्य सम्झेर रातमा निद्रा लग्दैन’ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले भने, ‘बनेको संरचना बाढीले बगायो, पुननिर्माण गर्ने बारे सवै तर्फ अन्यौल छ । कसैको चासो नहुँदा चिन्ता थपिएको छ ।’तटवन्ध निर्माण गर्दै आएका तालुक जलउत्पन्न प्रकोप सव डिभिजन कार्यालय समायोजन भै प्रदेश सरकार मातहत परेपछि कार्यालय सिंचाई कार्यालयमा गाभिएर सदरमुकाम संरक्षण अलपत्र परेको छ । नयाँ तटवन्ध निर्माण गर्ने जिम्मेवारी सरकारले पोखरा स्थित रुपाताल संरक्षण एकिकृत परियोजनालाई जिम्मा दिएपनि बाढीले भत्काएको दुई सय २० मिटरबढी आरसिसि तटवन्ध कस्ले, कसरी निर्माण गर्ने भन्ने नखुलेको र जिम्मेवारी लिने निकाय फेला नपर्दा जोखिम यथावत रहेको हो ।‘जोखिमयुक्त जिल्ला सदरमुकाम संरक्षण कार्यक्रम हेर्ने गण्डकी प्रदेशमा अर्को निकाय नभएपछि सदरमुकाम बेनी संरक्षण कार्यक्रम पोखरा स्थित रुपाताल संरक्षण एकिकृत परियोजनाको जिम्मा लगाईएको हो’ प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले थपे, ‘गत बर्खाबाढीले बगाएको तटवन्ध निर्माणको डिजाईन परिवर्तन गर्न र तत्काल अस्थाई संरचना निर्माणगरी बेनी संरक्षण गर्न मन्त्रालयमा पहल गरेको छु ।’बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम संरक्षण गर्न लगाईएको आरसिसी तटवन्ध बाढीले बगाएपछि साविकको जलउत्पन्न प्रकोप नियन्त्रण सव डिभिजन कार्यालयले गठन गरेको छानविन पनि कार्यालय समायोजनसंगै हराएको छ । प्राविधिक वा निर्माण कुन पक्षको त्रुटीले तटवन्ध बग्यो भन्ने छानविन भै दोषीलाई कारवाही हुने आसा गरेका बेनीबासी कार्यक्रम नै अलपत्र परेपछि आफै छक्क परेका छन ।‘डेव्रिजसहितको ठुलो बाढी आएकोले तटवन्धले थेग्न नसक्दा ढलेको हो’ योजनाको मुख्य नियमनकारी जिम्मेवार पाएको साविकको जलउत्पन्न प्रकोप सव डिभिजन प्रमुख खगेन्द्र भट्टचनले भने, ‘कसैको गल्तीले वा डिजाईन फेल भन्दा नदीमा डेब्रिजको फलो बढी भएको देखिन्छ ।’‘बाढीमा डेब्रिज बग्छ, अझ ठूलठूला ढुङ्गा मुढा र रुख बगाएर ल्याउँछ नि । त्यही थेग्न बलियो भनी बनाएको आरसिसि वाल नै बग्यो । कस्को कमजोरी हो छानविन आवश्यक छ’ बेनी बचाउ अभियन्ता मध्यका एक नेकपा नेता हरीकृष्ण श्रेष्ठले भने, ‘एउटै बर्खाको एक दिनको बाढीको बगाउने तटवन्धको डिजाईनै रिभाईज आवश्यक छ । गल्ती गर्नेलाई सँजाय होला भन्दा बेनी बचाउ कार्यक्रम नै अलपत्र परेको छ ।’जति उच्च हिमाल तथा पहाड उति उति बाढी पहिरोको जोखिम । धौलागिरी, निलगिरी, अन्नपूर्णबाट झर्ने खोला क्ष्ँेत्रमा पहिरोको जोखिम उच्च छ । कालीगण्डकी नदीले बनाएको खोंचका प्रायःसवै पहाड ९० डिग्री बढी भीराला छन । र यीनै पहाडको फेदीका कालीगण्डकी नदीले बनाएको बगरमा अवस्थित बेनी र नदी तटिय वस्ती बाढी र पहिरोको उच्च जोखिममा छन । कालीगण्डकी नदी मात्र होईन धौलागिरी हिमालबाट झर्ने पश्चिमभेगबाट बग्ने म्याग्दी खोला र मध्यभागबाट झर्ने राहुघाट खोलामा पनी पहाडको संरचना उस्तै छन ।