FLASH NEWS
  • Loading...

विद्यार्थीलाई न्यानो कपडा

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४१६ पटक पढिएको
विद्यार्थीलाई न्यानो कपडा

बेनी नगरपालिका, ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँको अगुवाईमा गरिव तथा विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

बेनी नगरपालिका, ६ स्थित जामुनाखर्क मावि र विद्यामन्दीर धारारभुत विद्यालयमा अध्ययनरत २४ जना विपन्न विद्यार्थीलाई न्यानो स्कुल पोसाक  (स्वीटर) वितरण गरिएको वडाध्यक्ष बानियाँले बताए ।

वडाध्यक्ष बानियाँका अनुसार ब्यवसायी नारायण जिसी, प्रकाश बानियाँ, लक्ष्मण कटुवाल र विपिन खड्काले ९ हजार मुल्य बराबरको न्यानो कपडा स्वीटर खरिद गरि जामुनाखर्क माविका १७ र विद्यामन्दीर आधारभुत विद्यालयका ७ जना विपन्न परिवारका विदार्थीलाई स्वीटर वितरण गरिएको हो ।