FLASH NEWS
- Loading...
बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो
- पुनहिल डट कम
- ६ साल अघि
- ४९८ पटक पढिएको

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबार बिहान भएको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पर्वत प्रहरीका अनुसार दुर्घटनास्थलमै तीन र उपचारका क्रममा चारजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार र उनकी श्रीमती सेती परियार, सोही ठाउँकी शान्ती महत, म्याग्दीको पाखापानीका राजेश पुन र विष्णुमाया पुनको पहिचान खुलेको छ । त्यस्तै बागलुङको कु्ँडुलेकी शान्ती केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये एकजना पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । बेनीबाट नारायणगढ हिँडेकाे ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ३३ यात्रु घाइते भएका छन् । १७ जना गम्भिर घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरि पोखरा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
