आज:  | Sat, 02, Jul, 2022

विद्यार्थीलाई न्यानो कपडा

३ माघ २०७५, बिहीबार १५:५२ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
बेनी नगरपालिका, ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँको अगुवाईमा गरिव तथा विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।बेनी नगरपालिका, ६ स्थित जामुनाखर्क मावि र विद्यामन्दीर धारारभुत विद्यालयमा अध्ययनरत २४ जना विपन्न विद्यार्थीलाई न्यानो स्कुल पोसाक  (स्वीटर) वितरण गरिएको वडाध्यक्ष बानियाँले बताए ।वडाध्यक्ष बानियाँका अनुसार ब्यवसायी नारायण जिसी, प्रकाश बानियाँ, लक्ष्मण कटुवाल र विपिन खड्काले ९ हजार मुल्य बराबरको न्यानो कपडा स्वीटर खरिद गरि जामुनाखर्क माविका १७ र विद्यामन्दीर आधारभुत विद्यालयका ७ जना विपन्न परिवारका विदार्थीलाई स्वीटर वितरण गरिएको हो ।