आज:  | Tue, 05, Jul, 2022

पर्वतमा बस दुर्घटना मृतकको संख्या पाँच पुग्यो

३ माघ २०७५, बिहीबार ०६:०१ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
पर्वतमा कुश्मा नगरपालिका मालढुंगामा बस दुर्घटना हुँदा घाईते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा उनिहरुको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । घाईते मध्ये १० जनालाई सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाईएको छ । दुर्घटनामा घाईते भएका थप २८ जना को धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको र थप उपचारका लागि पोखरा पठाउने तयारी भैरहेको अस्पताल स्रोतले जनाएको छ । मृतक तथा घाईते कसैको पनि सनाखत हुन सकेको छैन् ।