आज:  | Sat, 25, Jun, 2022

अर्जुन माविको वार्षिकोत्सव सम्पन्न

२ माघ २०७५, बुधबार १५:३६ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
यामबहादुर थापा मगर– बेनपा २ भकुण्डे स्थित अर्जुन माध्यामिक विद्यालयले ५९ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बार्षिकोत्सवको गण्डकी प्रेदशका सांसद बिनोद केसीले एक समारोह विच उद्घाटन गरे । ‘गुणस्तरीय र ब्यवसायीक शिक्षाले मात्र देशको विकास संभव छ । प्रदेश सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ’ सांसद केसीले भने, ‘पढ्ने भनेको ब्यवहारमा सक्षम बन्नु हो । हाम्रो शिक्षा अहिले घोकन्ते छ । कक्षा उत्तिर्ण गर्ने तर हातमा कुनै शिप र ज्ञान नभएको । त्यसैले ब्यवहारिक शिपमुलक शिक्षा आजको आवश्यकता हो ।’ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वेनपा, २ का वडाध्यक्ष हिराबहादुर थापाको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा अर्जुन मावि श्रोत केन्द्रका दुर्गराम सुवेदी, कार्यक्रम सम्पन्न भएको थियो । प्रध्यानअध्यापक शिवकुमार केसीले विद्यालयको शैक्षिक, आर्थिक प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा अर्जुन माविका स्रोत व्यक्ति दुर्गाराम सुवेदी, विद्यालयका सल्लाहकारहरु क्याप्टेन मिनबहादुर कार्की, कृष्णबहादुर कार्की, चन्द्रबहादुर घिमीरे, बेनी नगर कार्यपालिका सदस्य गौमती नेपाली लगायत मन्तब्य राखे र । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिए । कार्यक्रममा विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । शिक्षक हिराबहादुर बरुवालको स्वागत र शिक्षक तिलबहादुर घिमीरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रअ शिवकुमार केसीले प्रगति, शैक्षिक, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।