आज:  | Sat, 02, Jul, 2022

मगर संघ गण्डकी प्रदेशमा सिद्धान्त

२९ पुष २०७५, आईतवार १२:१७ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
नेपाल मगर संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट तनहुँका सिद्धान्त जर्गा मगर अध्यक्ष निर्वाचित भएका छन ।पुस २७ र २८ गते बाग्ल्ङमा भएको मगर संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेश थापा (बाग्लुङ), उपाध्यक्ष हेमबहादुर बुढा (बाग्लुङ), मुख्य सचिव विष्णुबहादुर राना (पर्वत), सचिवमा राजकुमार थापा (म्याग्दी),  देविसरा पुलामी (नवलपुर), हेमन्त थापा (स्याङ्जा), तारामायाँ थापा (कास्की) छन ।त्यसैगरी कोषाध्यक्षमा तुलबहादुर सुनारी (नवलपुर) र सहकोषाध्यक्ष मोहन बहादुर थापा (गोरखा) समेत ४५ सदसीयय समिति निर्वाचित भएको नवनिर्वाचित सचिव राजकुमार थापाले बताए ।