आज:  | Tue, 05, Jul, 2022

खेलाडी सम्मानित

२९ पुष २०७५, आईतवार ०५:४१ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
जिल्ला खेलकुद विकास समितिले अन्र्तराष्ट्रिय स्वर्ण पदक विजेता निर्मल केसीलाई सम्मान गरेको छ ।रघुगंगा गाउँपालिका, २ भगवतीका निर्मण खत्रीले हालै भारतमा सम्पन्न अन्र्तराष्ट्रिय क्याकोसिन फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्ण पदक जितेका थिए ।स्वर्ण पदक विजेता केसीलाई प्रमुख अतिथि जिल्ला समवन्य समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, बेनी नगरपालिका ६, ७ र ८ का वडाध्यक्ष क्रमश कृष्णबहादुर बानियाँ, राजेन्द्र श्रेष्ठ, रामकृष्ण बराईली, रघुगंगा गापा, २ का वडाध्यक्ष रिम केसी, प्रहरी नायव उपरिक्षक वीरबहादुर बुढासमेतले फुलमालासहित नगद, सम्मान पत्र र खादाले सम्मान गरेका थिए ।‘आर्थिक जीवनमा भन्दा खेलाडीको आत्मगौरव बढाउन सम्मान गरेका हौं’ खेलकुद विकास समितिका जिल्ला अध्यक्ष कृष्ण विकाले भने, ‘खेलकुदमा लगानी गरे, खेलाडीले देशको गौरव बढाउँछन ।’