आज:  | Sun, 03, Jul, 2022

सवै वडामा हेलिप्याड

२८ पुष २०७५, शनिबार ११:३२ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
जिल्लाको मालिका गाउँपालिकाले सवै ७ वटा वडामा आपतकालिन उद्धारकालागी हेलिप्याड निर्माण गरेको छ ।गाउँ÷नगरपालिकामध्य सवै वडामा हेलिप्याड निर्माण गर्ने पहिलो भएको मालिका गाउँपालिकाले दावि गरेको छ । विपतका बेला आपतकालिन खोज, उद्धार तथा सहयोग छिटो पु¥याउन सुरु गरिएको एक वडा एक हेलिप्याड निर्माण अभियान सुरु गरिएको हो ।‘बाढिीपहिरोको उच्च जोखिमयुक्त वस्ती भएकोले संभावित दुर्घटनामा आपतकालिन खोज, उद्धार र सहयोग पु¥याउन सवै ७ वटै वडाका पायक पर्ने स्थानमा हेलिप्याड बनाएका छौं’ मालिका गापा उपप्रमुख खरमायाँ विटालुले भनिन्, ‘सवै हेलिप्याड रात्रीकालिन अवतरणयुक्त हुन ।’जिल्ला विपद व्यवस्थापन समितिले आपतकालिन उद्धारलाई सहज गराउन जिल्लाका एक नगरपालिकासमेत ६ वटा स्थानीय तहका सवै ४५ वडामा हेलिप्याड निर्माण गर्ने अभियान सुरु गरेको हो । गाउँपालिका  र समुदायले उपयुक्त जग्गा ब्यवस्थापन गरेपछि प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले हेलिप्याडको आकार समेत प्राविधिक सहयोग लिएर हेलिप्याड निर्माण गरिएको हो । मालिका बाहेक मंगला गाउँपालिकामा दुई र रघुगंगा गापामा एक हेलिप्याड निर्माण भएको छ । रघुगंगा र अन्नपूर्णमा थप एक निर्माण भैरहेको शसस्त्र प्रहरी वेस क्याम्प गलेश्वरका प्रमुख डिएसपी अनिल कार्कीले बताए ।