आज:  | Fri, 01, Jul, 2022

बृद्धाश्रमका जेष्ठ नागरिकलाई न्यानो कपडा

२८ पुष २०७५, शनिबार ११:०० मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
सौन्दर्य ब्यवसायी र महिलाहरुको लायन्स क्लव अफ बेनीमहाँरानीले बेनी नगरपालिका, ९ गलेश्वर स्थित जेष्ठ नागरिक आश्रमका ६० जना बृद्धबृद्धालाई न्यानो शनिवार कपडा वितरण गरेको छ ।सौन्दर्यकला ब्यवसायी सघले मखलर र ओठको सुरक्षाकालागी लिपगार्ड तथा लायन्स क्लव अफ बेनीमहाँरानीले मोजा तथा पन्जा वितरण गरेको हो ।‘हामीले बृद्धबृद्धालाई सम्झेका मात्र हौं । सहयोग सानो भएपनि पुसमाघको जाडोमा यी न्यानो कपडा उपयोगी हुने विश्वास छ’ सौन्दर्यकला ब्यवसायी संघ जिल्ला अध्यक्ष प्रमिला जोशी श्रेष्ठले भनिन, ‘मखलर र मोजाले घा“टीमा हुने सिसोको संक्रमण र मोजाले खुट्टाको चिसोबाट बनाउने छ ।’