Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

पाहुनालाई सडकमा स्वागत

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४४७ पटक पढिएको
पाहुनालाई सडकमा स्वागत

नव सहर बेनीमा परापूर्वकालदेखी लाग्ने माघे सक्रान्ति मेलाको अवसर पारेर सडक खाना महोत्सव हुने भएको छ ।

प्राचीन भोट–मधेश (तिब्बत–भारत) चल्ने साल्ट ट्रेड रुटको प्रमुख ब्यापारिक केन्द्र बेनीमा लाग्ने ब्यापार मेलाको परम्परालाई परिस्कृत संस्कृतिको रुपमा मनाउन माघे संक्रान्तिमा सडक खाना महोत्सव गर्न लागिएको आयोजक महिला उद्यमी संघले जनाएको छ ।

म्याग्दी भ्रमण वर्ष अभियानसँगै आन्तरिक तथा बाहय पाहुनालाई सडकमै राखेर विभिन्न रैथाने खानाको स्वाद दिन खाना महोत्सव गर्न लागिएको हो । सदरमुकाम बेनीको कालीपुल बसपार्कमा आयोजना गरिने सडक खाना महोत्सवमा स्थानिय जाती÷जनजातीको रैथाने खानाको स्वाद उपलब्ध हुने छन ।

महोत्सवमा आन्तरिक पर्यटकलाई आर्कषित गर्न खुल्ला एकल लोकनृत्य, महिला उद्यमशिलता तथा म्याग्दी भ्रमण वर्ष झल्कने दोहोरी गित, महिला छेलो प्रतियोगिता हुने छ । महोत्सवमा कृषी, हस्तकला तथा स्थानीय उत्पादनको स्टल प्रर्दशनी गरिने भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले आकर्षक नगद पुरस्कार पाउने भएका छन ।

‘सडक खाना महोत्सवलाई पाहुनाले यहाँको खानाको स्वाद, आतिथ्यता र आत्मियतालाई स“धै स्मरण गर्न योग्य रहनेगरी तयारीमा छौं’ महिला उद्यमी संघकी अध्यक्ष सुनिता केसीले भनिन, ‘महोत्सवको तयारी पुरा भएको छ । म्याग्दीको संस्कार र संस्कृति झल्कनेगरी बेनीको पुरानो बजार कालीपुलको सडकमा पाहुनालाई सत्कार गर्न लागेका छौं ।’

दुई नदीको निरन्तर कटानले त्रिकोणाकार रुपमा कुँदिएको बेनी बजार काली गण्डकी र म्याग्दी नदीको संगमस्थल हो । म्याग्दी सदरमुकाम बेनीको इतिहाँस भने लामो छ । भारत–भोट व्यापारको केन्द्र रहेको बेनी समृद्ध चौविसे राज्य पर्वतको राजधानी थियो । चौविसे राज्य पर्वतको राजधानी रहेको समयावधिलाई यो बजारको स्वर्णकाल मानिन्छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल