Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

ईआईए छल्दै बिधुत आयोजना

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५९९ पटक पढिएको
ईआईए छल्दै बिधुत आयोजना

अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा निर्माणाधिन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविधुत आयोजनाले वातावरणीय प्रभाव मुल्याड्ढन (ईआईए) प्रतिवेदन कार्यान्वयन लापरबाही गरेको छ ।

आयोजनालाई निर्माण सामाग्री उपलब्ध गराउन ठेकदार कम्पनी हाई हिमालय हाईड्रो कन्ट्रक्सनले संञ्चालन गरेको क्रसरले प्रकृया विपरित नदीजन्य पदार्थको लापरवार्ही उत्खनन गरेको, आयोजना बाहेक अन्य क्षेत्रमा गिटीबालुका विक्रि गरेको र स्थानीय सरकालाई कर छलेको भेटिएको हो ।

मिस्त्रीखोला जलविधुत आयोजना स्थलको क्रसरले नदीबाट लापरबाही नदीजन्य पदार्थ उत्खनन गरी बाहिर समेत विक्रि भएको जानकारी छ स्थलगत अनुगमनपछि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘आवश्यक कागजात र विवरण आयोजना र एक्यापलाई मागेका छौं ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्र्तगत पर्ने मिस्त्रीखोला जलविधुत आयोजनाका  निर्माण गतिविधी र वातावरण संरक्षणमा नियमन गर्ने मुख्य जिम्मेवार रहेको एक्यापले चासो नराखेको आरोप छ । एक्याप अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ५ र ६ वडा समावेश छन ।

गाउँपालिका भित्रका प्रकृतिक वस्तु तथा पदार्थ विना मुल्य उत्खनन भैरहेको छ । हामी सवै नदी तथा खोलाको वातावरणीय प्रभाव मुल्याड्ढन अनुसार करको दायरामा ल्याउने तयारीमा छौं अन्नपूर्ण गापाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले भने, ‘अव सवै खाले ब्यवसाय अनिवार्य दर्ता गराई करको दायरामा ल्याउँछौं । अटेर गरे कारवार्ही पनि गर्छौं ।

मिस्त्रीखोला जलविधुत आयोजनाको वातावरणीय प्रभाव मुल्याड्ढन प्रतिवेदनमा प्रभावित अन्नपूर्ण गापा, ४ नारच्याङमा असर न्यूनिकरण र सामाजिक विकास कार्यक्रम संञ्चालन गर्न ३ करोड १६ लाख रुपैयाँ खर्च गर्न सुझाएको छ । तर आयोजनाले आप्नै प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) र वातावरणीय प्रभाव मुल्याड्ढन (ईआईए) प्रतिवेदनको पनि पालना गरेको छैन । आयोजनाले प्रभावित क्ष्ँेत्रमा २ सय ६७ वटा विभिन्न प्रजातिका रुख फडानी गरेपनि सोधभर्ना रुवरुप गर्नु पर्ने वृक्षारोपण गरेको छैन । एक रुख काटे बराबर ४ विरुवा रोपणगरी हुर्काउनु पर्ने गर्नु नियम छ । आयोजनाले आयोजनाले सर्वसाधारणले झट्ट देख्ने सामाजिक विकास तर्फ स्थानिय विद्यालयहरुमा शिक्षकको तलवभत्ता, हेल्थपोष्ट, युवा क्लवको खेलमैदान, आमा समुहको भवन जस्ता पूर्वाधारमा मात्र खर्च गरेको छ ।

वातावरणीय प्रभाव मुल्याड्ढन (आईईई) प्रतिवेदनले तोके अनुसार नै हामीले असर न्यूनिकरण र सामाजिक विकास कार्यक्रम चलाएका छौं । आयोजनाले काटेको रुखको सट्टामा ५ सय विरुवा रोपण गरेपनि डढेलोले खाएको हो । फेरी रोप्ने योजनामा छौं मिस्त्रीखोला जलविधुत आयोजना वातावरण ईकाई प्रमुख रामकुमार खड्काले भने, ‘जैविक वातावरण संरक्षण क्षेत्रमा हामीले वनस्पति विज्ञ कमल मादेन समेतका विज्ञ टोली झिकाएर यहाँको जैविक विविधताको अध्ययन गराएका छौं । भौतिक वातावरणमा बाढीपहिरो नियन्त्रणमा बढी खर्च भएको छ ।

आईईइ प्रतिवेदनमा जैविक वनस्पतिको नर्सरी स्थापना गर्ने भनिएपनि आयोजनाले झन्झटिलो भएको भन्दै आएको छ । वातावरण विद खड्काका अनुसार वतावरण अनुकुलन जैविक वनस्पतीको नर्सरी बनाई विरुवा रोप्ने भन्ने हो तर समय अभावले नर्सरी स्थापना गरी विरुवा हुर्काउन असंभव भएको हो ।

त्यसैविच सरकारले हालै मिस्त्रीखोला जलविधुत आयोजना निर्माणकर्ता रोवष्ट इनर्जी लिमिटेडलाई पावर हाउस रहेको नारच्याङबाट चार किमी दानास्थित सवस्टेसनसम्म १३२ केभि प्रशासरणलाईन जोड्न ७ हेक्टर सरकारी जग्गा स्थाई रुपमा  प्रयोग गर्न र थप १ सय ९३ वटा रुखविरुवा काट्न अनुमति दिएको छ ।

टान्समिसन लाईन तर्फको वतावरणीय प्रभाव मुल्याड्ढन हुँदैछ । पछिल्लो अपडेट म सँग छैन आयोजनाका वातावरण ईकाइ प्रमुख खड्काले भने, ‘हाईटेन्सन लाईन घरापको वस्ती नजिकै पर्ने र केही सल्लोका रुख काट्नु पर्ने हुन्छ ।

अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा अवस्थित निलगिरी र अन्नपूर्ण साउथ हिमालबाट झर्ने निलगिरी, रेले, घलेम्दी मिसिएपछि बन्ने मिस्त्रीखोलामा आधादर्जन जलविधुत आयोजना छन । घलेम्दी ५ मेवा र ४२ मेवा मिस्त्रीखोला जलविधुत निर्माण अन्तिम चरणमा छन ।

मिस्त्रीखोला जलविधुत आयोजना निर्माण गरिरहेको रोवष्ट इनर्जीले सोही खोलामा निर्माण गर्ने ३८ मेगावाट क्षमताको निलगिरी प्रथम, ६२ मेगावाटको निलगिरी दोस्रो र छुट्टै कम्पनीले निर्माण गर्ने ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविधुत आयोजनाले पनि वातावरणीय प्रभाव मुल्याड्ढन विना धमाधम प्रवेश मार्ग निर्माण गरिरहेका छन ।

जलविधुत आयोजनाको प्रवेश मार्ग निर्माण गर्दा निक्लेको ढुङ्गामाटो लापरबाही फाल्दा भोजपत्र, गोव्रेसल्ला, लोठसल्ला (संरक्षण सूचिकृत), गुराँशका रुख तथा निगालाको झाडी अब्यवस्थित तरिकाले मासिएको छ । निगालाको झाडी हिमाली कालो भालुको वासस्थान पनि हो । मिस्त्रीखोला जलविधुत आयोजना निर्माता रोवस्ट इनर्जिले आयोजनाको क्याचमेन्ट एरियामा जैविक विविधताको अध्ययन गर्दा मनाङ र मुस्ताङमा मात्र पाईएको एक प्रकारको गुराँस प्रजाती यही स्थानमा फेला परेको थियो ।

गापाको भुगोल भित्र सडक, विधुत समेत विभिन्न आयोजना, परियोजना र कार्यक्रम चलेका छन तर स्थानीय सरकारसँग सहकार्य भएको छैन अन्नपूर्ण गापा प्रमुख डमबहादुर पुनले भने, ‘यी आयोजनाका गतिविधी नियमन जरुरी छ । हामी लगानी मैत्री वातावरण त बनाउँछौं तर छाडा भने छोड्दैनौं ।

विकास योजना, आयोजना र परियोजनबाट त्यस क्षेत्रको जैविक विविधताको दीगो ब्यवस्थापन, संरक्षणमा पर्ने सकरात्मक र नकरात्मक असर अध्ययनगरी स्वच्छ वातावरण कायर्म गर्न र प्राकिृतिक स्रोतको समुचित उपयोय एवं ब्यवस्थापन गर्न प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मुल्याड्ढन अनिवार्य मानेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल