- Loading...
गाउपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सुरु
- पुनहिल डट कम
- ६ साल अघि
- ४२२ पटक पढिएको
अन्नपूर्ण गाउ“पालिका अन्र्तगत प्रथम अन्तर माध्यामिक विद्यालय स्तरिय छात्र÷छात्रा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
देशभरका स्थानीय सरकारलाई उछिन्दै अन्नपूर्ण गाउ“पालिका, ३ दाना स्थित ज्ञानप्रकाश माविमा आयोजित प्रतियोगितामा गाउ“पालिका भित्रका १० माध्यामिक विद्यालयबाट एक सय ५० बढी विद्यार्थीले प्रतिस्पधा गर्दै छन ।
प्रतियोगितामा छात्रा÷छात्र भलिवल, एथलेटिक्स तर्फ १५००, ८००, ४००, २००, १०० र १०० चार रिले दौड, लङजम्प, हाईजम्प, ट्रिपलजम्प, ज्याभलिन थ्रो, सट पुट समेत ३० विद्यामा खेल सहभागी गराईएको गाउ“पालिका सामाजिक विकास समितिले जनाएको छ ।
प्रतियोगिता संञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषदबाट एक लाख र गाउ“पालिकाबाट ५ लाख गरी ६ लाख रुपैया“ बजेट विनियोजन गरिएको छ । प्रतियोगितामा अपुग खर्च स्थानिय वडा र विद्यालय ब्यवस्थापन समितिले ब्यहोर्ने भएका छन ।
अन्नपूर्ण गाउ“पालिका, ३ स्थित ज्ञानप्रकाश माविमा आयोजित स्तरिय अन्तर माध्यामिक सामाजिक विकास समिति अध्यक्ष ओमप्रकास फगामीको अध्यक्षतामा आयोजित छात्रा÷छात्र प्रथम राष्ट्रपति शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, उपप्रमुख केसमाया मगर, जिल्ला खेदकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विकले आ–आप्mना धारणा राखे । प्रमुख अतिथि प्रजिअ अधिकारी र गापा उपाध्यक्ष मगरले विद्यालय स्तरिय खेल महोत्सवमा भट्टीपसल राखिएकोमा आयोजक र शिक्षक, अभिभावकलाई सचेत गराए ।