आज:  | Tue, 28, Jun, 2022

सुरेश वचाउन युकेबाट एक लाख

२२ पुष २०७५, आईतवार ११:११ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
दुवै मृगौला फेल भै राजधानीमा उपचाररत  मंगला गाउँपालिका, ५ अर्मन नेटाका २० बर्षिय सुरेश छन्त्याललाई युकेबाट १ लाख ३ हजार नगद सहयोग संकलन भएको छ ।शनिवार ‘सुरेश बचाउ अभियान’ युकेबाट शेरबहादुर छन्त्यालको अगुवाईमा संकललित उक्त रकम अभियानकर्ता ओमकुमारी शान्ति कोषले आमा सीता छन्त्याललाई हस्तान्त्रण गरेको छ । अल्का अस्पतालमा डायलासिस र टिचिङ अस्पतालमा फलोअप उपचार गरिरहेका छन्त्याललाई उनका बाबु सकप्रसाद छन्त्यालको मृगौला प्रत्यारोपण गरिने भएको परिवारले जनाएको छ ।विपन्न र आर्थिक अवस्था कमजोर जिल्लाबासीको श्वास्थ्य उपचारमा सहयोग जुटाउँदै आएको ओमकुमारी शान्ति कोषको संञ्चालन गरेको ‘सुरेश बचाउ अभियान’ मार्फत यो रकम संकलन भएको हो । छन्त्यालको उपचारमा हालसम्म २७ लाखबढी नगद सहयोग जुटेको अभियानकर्ता ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताए ।