- Loading...
दाउरे हिटर प्रभावकारी
- पुनहिल डट कम
- ६ साल अघि
- ५३६ पटक पढिएको

पर्यटकीय वस्ती घोडेपानी, चित्र, महरे, नागी, खोप्राका होटल र घरघरमा जोडिएको आगोले पानी तताउने प्रविधी (स्मोक हिटर)ले पुसको जाडोमा उपयोगी भएको छ ।
रगत नै जमाउला जस्तो चिसो पानीले नुहाउन त के मुख धुन नसकिने सकिन्न । तर स्मोक हिटर (दाउरे हिटर) जोडेपछि भने जाडोमा भाँडावर्तन, हातमुख, कपडा र नुवाईधवाई गर्न सहज भएको छ ।
‘ग्याँस वा विजुलीले खाना पकाउन छिटो, सफा र सजिलो भएपनि हाम्रो भुगोल र वातावरण अनुकुल हुँदैन । कम्तीमा जोडो मौषमका चार महिना दाउरा बाल्नै पर्ने बाध्यता छ’ घोडेपानीका पर्यटन ब्यवसायी शुशिल पुनले भने, ‘दाउराबाट पानी तताउने प्रविधी नजोडे पाहुनालाई पनि चिसोले सास्ती हुन्छ । हिमपातहुँदा झन टिक्नै सकिन्न ।’
होटलका सुधारिएको चुल्हो÷अगेनोमा जिआई पाईप विच्छाएर त्यही पाईपबाट पानी सप्लाईगरी ट्याङ्गीमा पठाईन्छ । बाहिरबाट आएको चिसोपानीलाई अगेनाको आगोले जीआई पाईपमा तताएर ट्याङ्गीमा पठाईने भएकोले ट्वाईलेट, बाथरुमा तातोपानी पुग्ने गरेको छ ।
सोलार हिटर तथा सुधारिएको चुहेसमेतको स्मोक हिटर जोडिएपछि चिसो क्ष्ँेत्रका पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकलाई साझ ज्यान तताउन पनि सजिलो भएको छ । अन्नपूर्ण संरक्षण क्ष्ँेत्रका प्रायः होटलको डायनिङ्ग हलमा पर्यटकलाई तातो बनाउन समेत छुट्टै स्मोक हिटर राखिएको हुन्छ । हिमालपारीको मुस्ताङ्गका होटल तथा ब्यक्तिगत घरहरुमा पनि बाख्लो काम्लोले मोडिएका टेवल मुनी आगो बालेर हिटरको रुपमा प्रयोग गरिन्छ ।
‘अन्नपूर्ण सर्किटका घान्दु्रक घोडेपानीदेखी महरे, खोप्रामा दाउराले पानी तताउने र ज्यान तताउने स्मोक हिटर प्रचलनमा छन’ एक्याप घान्दु्रकका प्रशासन सहायक आनन्द सुवेदीले भने, ‘यहाँका होटलमा मात्र होईन ब्यक्तिका घर, सरकारी कार्यालय र विद्यालयमा समेत स्मोक हिटर जोडिएका छन । केहीमा भने सोलार हिटर पनि छन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
