FLASH NEWS
  • Loading...

आहा ! सुकुटी

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ७४७ पटक पढिएको
आहा ! सुकुटी

 

सभ्यताको प्रारम्भकालमा मान्छेले भोक मेट्न शुरु गरेको जनावरको सिकार गर्ने र उब्रेको मासुलाई संग्रह गर्न थालेको हो । जनावरको काँचो माशुलाई हतियारले चिराचिरा पारेर आगोको राप वा घाममा सुकाएर बनाईने सिकारलाई सुकुटी भनिन्छ ।

परम्परागत सुकुटी अगेनाको रापिलो आगोमा सुकाएर बनाउने गरिन्थ्यो । तर माग बढेपछि भट्टीपसल र रेष्टुरेन्ट ब्यवसायीले छिटो छरितो सुकुटी बनाउन पारिलो घाममा सुकाएर बनाउने गर्छन । सुकुटीको ब्यवसायी उत्पादन हुनथालेपछि हिजोआज ठूला होटलहरुमा सोलार ड्रयरबाट समेत सुकुटी बनाउने गरिएको छ ।

हतियार वा पासोको सहायताद्धारा मारिएका जनावर वा पंक्षीको माशुलाई सिकार भनिन्छ । आजको विश्वमा सिकार संस्कृति र सिकार गर्ने प्रविधीमा मात्र होईन माशु खाने शैलीमा समेत ब्यापक परिवर्तन आएको छ । पाषण युगमै शुरु गरेको माशुको जोहो गर्ने पद्दति सुकुटी मौलाएको छ । पकाउन सजिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र मिठो स्वादको विशेषताले गाउँघरका भट्टीदेखी शहरका प्रायः सवै रेष्टुरेन्टमा सुकुटी र टिमुरको चटनी राखिएका हुन्छ ।

पछिल्लो समय होटल रेष्टुरेन्टमा पुगेर खाने मात्र होईन विदेशमा समेत माग बढेसँगै काँचो सुकुटीको ब्यापार पनि बढेको छ । विदेशमा गाउँघरबाट के कोसेली पठाउने ? उत्तर सजिलो छ, सुकुटी । विदेशमा पुगेपनि सवै नेपालीलाई यहाँको सुकुटी भनेपछि हुरुक्कै हुन्छन । त्यसैले विदेशमा रहेका आफन्तलाई गाउँघरको गतिलो कोसेली बनेको छ, सुकुटी मासु ।

वोसो र मासुको मात्रा मिलाएर सुकुटी बनाउन पाईनेभएकोले पसलबाट ल्याएको मासुु भन्दा घरमै काटेर बनाएको सुकुटी राम्रो हुन्छ । तर झन्झट कम र छिटो हुने भएकोले पसलबाट मासु ल्याएर नै सुकुटी बनाउने धेरै छन ।

घाममा भन्दा सितलमा सुकाएको सुकुटी स्वादिष्ट हुन्छ । गर्मी सिजनमा बास्ना आउने हुँदा हिउँदको चिसो मौषममा सुकुटी बनाई ओभानो कपडामा मोढेर राख्दा लामो समयसम्म टिक्छ सुकुटी ब्यापारी महेन्द्र गुरुङ्गले भने, ‘सवै बेला मासु नपाईने भएकोले भविश्यकालागी जोहो गर्न सुकुटी बनाउने परम्परा भएपनि हिजोआज सवै सवै समय सुकुटी पाईन्छ ।

केही दशक अघिसम्म नेपाली समाजमा दशैंतिहारबाहेक अन्य समयमा माशु खाने चलन थिएन । सिमित बर्गका मान्छेले मात्र सुकुटी बनाएर मासुकालागी जोहो गर्थे । माशुकालागी मान्छेले ब्यवसायीक रुपमै जनावर वा पंक्षिलाई घरमै पाल्न थालेको छ । नेपाली समाजमा मात्र होईन, रक्सी र सुकुटीको स्वद विश्भभर नै लोकप्रिय बन्दै गएको छ ।

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल