- Loading...
प्रदेश स्तरीय योजना तर्जुमा गोष्ठी
- पुनहिल डट कम
- ५ साल अघि
- ४१४ पटक पढिएको
गण्डकी प्रदेश सरकारको आयोजनामा शुक्रवार बेनीमा प्रथम पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धी जिल्लागत सुझाव संकलन कार्यशाला सम्पन्न भयो । सामाजिक विकास मन्त्री नरदेवी पुनको अध्यक्षतामा सम्पन्न कार्यशालामा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले पञ्चवर्षिय योजनाको अवधारणा पत्र प्रस्तुत गरे ।
जिल्लाका गाउँ÷नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, जिसस अध्यक्ष, उपाध्यक्ष, सरोकारवाला कार्यालयका प्रमुखहरु, राजनैतिक दलका अगुवाहरु, पत्रकार र सामाजिक संघसंस्थाका अगुवा सहभागी थिए । कार्यशालामा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको अवधारणापत्रमा ५ समुहगत छलफलगरी सुझाव प्रस्तुत गरिएको थियो ।
‘धेरै क्षेत्रबाट संघियातामा प्रदेश सरकारको औचित्यतामा प्रश्न उठाईएको छ । हामी संघियताको वलियोगरी जग राख्नेक्रममा छौं । त्यसैले देखिनेगरी काम भएको छैन । परिणाम निक्लिने गरी काम गरिरहेका छौ’ कार्यशालाको समापन गर्दै सामाजिक विकास मन्त्री पुनले भनिन्, ‘प्रदेश सरकार स्थानीय सरकारसँग सहकार्य गर्दै काम गर्न इच्छुक छ । मिहिन तरिकाले योजना निर्माणमा लाग्यौ, गतिलो योजनाले मात्र परिणाममुखी काम गर्न सकिन्छ ।’