FLASH NEWS
  • Loading...

हिना छन्त्याल ‘मिस म्याग्दी’

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३३० पटक पढिएको
हिना छन्त्याल ‘मिस म्याग्दी’

जिल्लामा पहिलो पटक संञ्चालन गरिएको सौन्दर्य प्रतियोगितामा बेनी नगरपालिका, ८ क्याम्पसचोककी हिना खड्का छन्त्याल मिस म्याग्दी बनेकी छिन ।

किङस्टार क्रियसन प्रालिले आयोजना गरेको पहिलो म्याग्दी मिस एण्ड मिस्टर हेण्डसम प्रतियोगितामा १४ बर्षिया छन्त्यालले मिस म्याग्दीको बिजेता बन्दै ताज पहिरिएकी हुन् । तर मिस्टर हेण्डसम भने घोषणा गरिएन ।

प्रतियोगितामा फष्ट रनर्स अप बेनी नगरपालिका, ८ कालिपुलकी सोनीयाँ पुन, सेकेण्ड रनर्स अपमा सुस्मीता बानियाँ, थर्ड रनर्स अपमा एस्पीला बानियाँ भए ।

फाईनलमा पुग्न सफल प्रतियोगिहरुलाई परिचय, क्रियटिम र अन्तरनिहित क्षमता प्रदर्शन सहित प्रश्न उत्तरबाट बिजेता छनौट गरिएको आयोजकले दावि ग¥यो । १४ देखि २९ बर्ष उमेर समुहका ३० जना युवा–युवतीले सहभागीता थियो ।