FLASH NEWS
  • Loading...

विद्युत सर्ट हुँदा बरंजामा घर जल्यो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४०५ पटक पढिएको
विद्युत सर्ट हुँदा बरंजामा घर जल्यो

विधुत सर्ट भै आगोलागीहुँदा मंगला गाउँपालिका, ४ बरंजा थर्पु गाउँमा एक किनारा पसलसमेत घर जलेर नष्ट भएको छ ।

महेन्द्ररत्न आधारभुत विद्यालयका प्रध्यानध्यापक जगबहादुर रोकाका अनुसार  विद्यालय ब्यवस्थापन समिति अध्यक्ष लालबहादुर रोका मगरको घरमा आईतवार दिउँसो अन्दाजी ३ बजे एक्कासी आगोलागी भएको हो ।

‘ घरमा कोही रहेनछन । दिउँसो एक्कासी घरबाट धुँवाका मुस्लो निक्लेपछि छिमेकी र केही तल बारीमा काम गर्दै गरेका घरधनी जम्मा भै ढोका खोलेर आगो निभाउने प्रयास गर्यौ तर सकिएन, आगोले अन्नपात हुँदै घरसवै लपेट्यो’ प्रअ जगबहादुरले भने, ‘नजिकै पानीको श्रोत नहुँदा आगो नियन्त्रणमा लिने बढी समय लाग्यो ।’

आगोलागीबाट किनारा पसलसमेत घरमा रहेको गरगहना, अन्नपात, लत्ताकपडा, कागजात, फर्निचर गरी १५ लाखबढी क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ । घरको भित्र बेड रुममा विधुत सर्ट भै ओड्ने ओछ्याउने कपडाको चाङमा आगो लागेको हो ।