FLASH NEWS
  • Loading...

म्याग्दी जेसिजमा खम थापा मगर

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २६० पटक पढिएको
म्याग्दी जेसिजमा खम थापा मगर

म्याग्दी जेसिजको बर्ष सन् २०१९ को शाखा अध्यक्षमा खमथापा मगर निर्विरोध निर्वाचित भएका छन ।

नवनिर्वाचित थापा मगर विद्यार्थी संघका पूर्व नेता तथा परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा लामो समयदेखी संलग्न सामाजिक अभियन्ता हुन । अध्यक्षका प्रत्याशी दिनेश बराईली, शैलेश श्रेष्ठ र भरत रकालले नाम फिर्ता गरेपछि थापा निर्विरोध भएका हुन ।

शनिवार राती अवेर सम्पन्न म्याग्दी जेसिजको २० औं शाखा अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ र सुजन बरुवाल निर्वाचित भएका छन । त्यसैगरी महाँसचिवमा सन्दीप खत्री, कोषाध्यक्षमा अर्जुन पौडेल, शाखा सम्पादकमा भीमनाथ शर्मा, पाध्यक्षहरुमा विष्मा श्रेष्ठ, निर्मल खत्री, सुमन बानियाँ, रमेश आचार्य र कानुनी सल्लाहकारमा नारायण बराल निर्वाचित भएका छन ।

निर्वतमान अध्यक्ष कमल विश्वकर्माका अनुसार बाँकी सदस्य मनोनयन र अन्य पदमा नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने परम्परा छ ।