FLASH NEWS
  • Loading...

सवै वडामा हेलिप्याड

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४१३ पटक पढिएको
सवै वडामा हेलिप्याड

जिल्लाको मालिका गाउँपालिकाले सवै ७ वटा वडामा आपतकालिन उद्धारकालागी हेलिप्याड निर्माण गरेको छ ।

गाउँ÷नगरपालिकामध्य सवै वडामा हेलिप्याड निर्माण गर्ने पहिलो भएको मालिका गाउँपालिकाले दावि गरेको छ । विपतका बेला आपतकालिन खोज, उद्धार तथा सहयोग छिटो पु¥याउन सुरु गरिएको एक वडा एक हेलिप्याड निर्माण अभियान सुरु गरिएको हो ।

‘बाढिीपहिरोको उच्च जोखिमयुक्त वस्ती भएकोले संभावित दुर्घटनामा आपतकालिन खोज, उद्धार र सहयोग पु¥याउन सवै ७ वटै वडाका पायक पर्ने स्थानमा हेलिप्याड बनाएका छौं’ मालिका गापा उपप्रमुख खरमायाँ विटालुले भनिन्, ‘सवै हेलिप्याड रात्रीकालिन अवतरणयुक्त हुन ।’

जिल्ला विपद व्यवस्थापन समितिले आपतकालिन उद्धारलाई सहज गराउन जिल्लाका एक नगरपालिकासमेत ६ वटा स्थानीय तहका सवै ४५ वडामा हेलिप्याड निर्माण गर्ने अभियान सुरु गरेको हो । गाउँपालिका  र समुदायले उपयुक्त जग्गा ब्यवस्थापन गरेपछि प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले हेलिप्याडको आकार समेत प्राविधिक सहयोग लिएर हेलिप्याड निर्माण गरिएको हो । मालिका बाहेक मंगला गाउँपालिकामा दुई र रघुगंगा गापामा एक हेलिप्याड निर्माण भएको छ । रघुगंगा र अन्नपूर्णमा थप एक निर्माण भैरहेको शसस्त्र प्रहरी वेस क्याम्प गलेश्वरका प्रमुख डिएसपी अनिल कार्कीले बताए ।