FLASH NEWS
  • Loading...

दरवाङ उपशाखाको साधारणसभा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१७ पटक पढिएको
दरवाङ उपशाखाको साधारणसभा

नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको १९ औ साधारणसभा शनिबार सम्पन्न भएको छ ।

उपशाखाका कार्यबाहक सभापति भिमप्रसाद गौतमको अध्यक्षता र सचिव हिरा पुनको सञ्चालनमा सम्पन्न साधारणसभामा प्रमुख अतिथि मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले विपद् व्यवस्थापन र मानविय सेवामा रेडक्रसको सहनीय भुमिका रहेको बताईन ।

साधारणसभामा सचिव पुनले प्रस्तुत गर्नुभएको प्रगति र कोषाध्यक्ष गोपाल रेग्मीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ । कार्यक्रममा वडा अध्यक्ष सन्तनाथ जैसी, रेडक्रसका एसेस्कर सदस्य तथा उपशाखाका पूर्व सभापति शिवनारायण फगामी, फुलबारी उपशाखाका सभापति कमलनाथ शर्मा र छवी बिश्वकर्माले शुभकामना मन्तब्य व्यक्त राखेका थिए ।