- Loading...
तातोपानीमा निजी क्षेत्रको आँखा
- पुनहिल डट कम
- ५ साल अघि
- ३७१ पटक पढिएको
जिल्लाको विकासमा योगदान पु¥याउन एनआरएन सदस्यहरुले प्राकृतिक उपचारकालागी प्रशिद्ध तातोपानीको ब्यवस्थापन जिम्मा लिन खोजेपछि विवादमा छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना)का अध्यक्ष चक्र थापा र पूर्व अध्यक्ष योगेन्द्र केसी समेत गैह्आवसिय नेपाली संघ (एनआरएन) आवद्ध सदस्यहरुले तातोपानीको मुहानलाई लिजमा लिएर नयाँ ब्यवस्थापनमा चलाउने चासो राखेपछि विवाद निक्लेको हो ।
‘अहिले तातोपानीमा थोरै मान्छे आउँछन, थोरै आम्दानी हुन्छ । नयाँ ब्यवस्थापन र स्वरुपमा संञ्चालनपछि धेरै मान्छे ल्याई बढी आम्दानी गर्न सकिन्छ । विदेशबाट पनि तातोपानीमा विरामी ल्याउन सकिन्छ’ मोना अन्र्तराष्ट्रिय लगानी प्रर्वद्धन कोषका अध्यक्ष योगेन्द्र केसीले भने, ‘संभावना देखेरै लगानी गर्ने हो । मायाँ, राजनिती र ब्यापार एकै ठाउँमा अट्दैनन्, ठूलो लगानी ल्याउन सानो चित्त नगरौं ।’
स्थानियले तातोपानीमा हत्तपत्त अस्पताल पुग्न नसक्ने गरिवले उपचार गर्ने थलो भएकोले लगानी भित्राउने नाममा प्राकृतिक सम्पदाको ब्यापारीकरण गर्न नहुने तर्क गर्दै आएका छन । सयौं वर्षदेखी स्थानीयले तातोपानीमा डुबुल्की मारेर (हट वाटर स्पा गरी) प्राकृतिक उपचार गर्दै आएका छन ।
‘जिल्लामा पर्यटन विकास गर्ने हो भने सि¨ा तातोपानीलाई निजी क्षेत्रलाई ब्यवस्थापन गर्न दिनु उपयुक्त हुन्छ । लगानी नभित्राए विकास हुँदैन ।’ कार्यक्रममा नगरप्रमुख हरीकुमार श्रेष्ठले बताए ।
तातोपानीको कुण्ड ब्यवस्थापन निजी क्षेत्रलाई दिने विषयमा स्थानीय सरकार पनि विभाजित छ । नगरप्रमुख हरीकुमार श्रेष्ठ निजी क्षेत्रलाई ब्यवस्थापन दिने पक्षमा छन । नगरकार्यपालिकाका अन्य सदस्यहरु भने मोडालिटी र डिपिआर अध्ययन नगरी प्राकृतिक श्रोतलाई हचुवाको भरमा निजी क्षेत्रलाई दिनु उपयुक्त नहुने भनेका छन ।
‘तातोपानीको ब्यवस्थापन मोडालिटी र डिपिआर विना मौखिक रुपमा निर्णय हुन्न । मोडालिटीमा अध्ययन गरौं र अन्य मोडालिटीलाइ पनि खुल्ला राखौं’ नगर कार्यसमिति सदस्य कृष्ण विकले बताए ।
तातोपानीमा वायुगोला (ग्याँस्टिक), हाडजोर्नी दुखेको, मुटुकोरक्तचाप र छालाका रोगी प्राकृतिक उपचार गर्न आउँछन । अर्थोपेडिक औषधी उपचारबाट थाकेका पनि उपचारमा आउँछन । पछिल्लो पटक श्रीमति सिताको लिएर पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा तातोपानीमा प्राकृतिक उपचार गरेपछि थप चर्चामा छ ।
‘दुर्गम वस्तीका गरिव तथा विपन्न समुदायले परम्परादेखी नै रैथाने पद्धतिबाट उपचार गराउँदै आएको प्राकृतिक अस्पताल मानिएको तातोपानीलाई धेरै आम्दानीहुने लोभमा ब्यापारीकरण गर्ने पक्षमा स्थानीय छैनन’ तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले भने, ‘प्राकृतिक श्रोतमा सवै वर्ग र समुदायको हक सुरक्षित गरी समुदाय, स्थानीय सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा पनि ब्यवस्थापन गर्न सकिन्छ तर त्यसको पनि मोडालिटी अध्ययनपछि छलफल गरौं ।’
विद्यमान सि¨ा तातोपानी कुण्डदेखी माथी ३० मिटर क्षेत्रफलमा थप २ वटा तातोपानीका मुलहरु खेर गैरहेकोले सोही मुललाई निजी क्षेत्रले ब्यवस्थापन गर्न उपयुक्त हुने पनि स्थानीयले सुझाए ।
‘नजिकै तातोपानीका दुई वटा मुल खेर गएका छन । त्यसलाई उत्खननगरी ब्यवस्थित गराऔं । विद्यमान पोखरीमा स्थानीय विरामी डुब्ने, र नयाँ तातोपानी पोखरीमा पर्यटक बस्ने गर्न सकिन्छ’ स्थानिय युवा भीम छन्त्यालले भने, ‘ठूलो माछाले साना माछा निल्छ । निजी क्षेत्र र सामुदायीक दुवै मोडेलमा काम गरौं ।’
तातोपानीका मुहानहरु उपचार गर्ने थलो मात्र होईन स्थानीय विद्यालय संञ्चालनका बलियो आधारपनि हुन । तातोपानीले सिमित होटलले बढी फाईदा लिएपनि आम्दानीबाट स्थानिय विद्यालय, सामाजिक क्ष्ँेत्रमा सहयोग पुगेको छ । आम्दानीमध्य स्थानीय श्रोतबाट संञ्चालित सरस्वती सामुदायीक माध्यामिक विद्यालयमा ११ जना शिक्षकको तलवभत्तामा खर्च गर्ने गरिएको छ । तातोपानीबाट हुने आम्दानीको २० प्रतिशत छुट्टै बेनी नगरपालिकाको कोषमा जम्मा हुने गरेको छ ।
‘तातोपानी यहाँका सयौं ब्यक्तिको रोजीरोटीको माध्यम र विद्यालय समेत सामाजिक कामको आर्थिक मेरुदण्ड हो’ स्थानीय ब्यवसायी कृष्ण खड्काले भने, ‘समुदायले मात्र ब्यवस्थापन गर्न सकेनन भन्ने लाग्छ भने नयाँ मोडेल तयारपारी स्थानीय सरकारले नै ब्यवस्थापन गर्न सक्छ ।’