आज:  | Tue, 28, Jun, 2022

शिक्षक जिम्मेवार बन्नुस्– अध्यक्ष तिमिल्सिना

१६ पुष २०७५, सोमबार १०:५१ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शिक्षकलाई पनि जिम्मेवार भै दायीत्व पुरा गर्न निर्देशन दिएका छन ।पर्वतको जलजला गाउँपालिका, ३ मल्लाज स्थित विद्याज्योती माविको ७१ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सीनाले शिक्षकलाई जागिरे मानसिकता त्यागेर पेशा प्रति जिम्मेवार हुन भनेका हुन ।‘शिक्षक १०–४ मात्र होईन अतिरिक्त समय दिएरभएपनि विद्यार्थीको सिकाइमा सुधार ल्याउन पहल गर्नु पर्छ’ अध्यक्ष तिमिल्सीनाको थपे, ‘स्वअध्ययन र सूचना प्रबिधिको प्रयोग गरेर अध्यापन शिप बढाउन आवश्यक छ ।’अध्यक्षा तिमिल्सिनाले विद्याज्योती माविले प्राबिधिक विषयको पठन–पाठन गर्न प्रक्रिया अघि बढाए सहयोग गर्ने प्रतिवद्धता मात्र गरेनन्, मिलनचोक–शालीजा र वारिबेनी–मल्लाज–लेकफाँट सडक कालोपत्रे गर्ने प्रतिवद्धता दोहो¥याए ।कार्यक्रममा नेकपाका नेता लालबहादुर अधिकारी, नेपाली काँग्रेसका गाउँपालिका संयोजक चन्द्रबहादुर जि.सी र जलजला ३ का वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले जलजलाको पूर्वाधार, सामाजिक, शैक्षिक, स्वास्थ्य, लगायत क्षेत्रको विकासका लागि अध्यक्ष तिमिल्सीनाको ध्यानाकर्षण गराएका थिए ।