- Loading...
माघे संक्रान्ति सार्वजनिक विदा माग
- पुनहिल डट कम
- ६ साल अघि
- ४१० पटक पढिएको

मगर, छन्त्याल र गुरुङ्ग समदायले मुख्य चाड माघे संक्रान्तिमा राष्ट्रिय सार्वजनिक विदा गरेका छन ।
सरकारले माघ संक्रान्तिमा दिँदै आएको सार्वजनिक विदा कटौति गरिएको भन्दै मगर संघ म्याग्दीले विहिवार सहायक जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । गुरुङ्ग समाजले छुट्टै विरोध र्याली गरेको छ ।

परमपरागत भेषभुषामा आएका मगर समुदायले र्यालीसहित प्रशासन कार्यालयमा पुगी सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालाई ज्ञापन पत्र बुझाएको थियो । मगर संघका सचिव लोकेश पुनले ज्ञापन पत्र बाचन गरेका थिए । ज्ञापन पत्र बुझ्दै सहायक प्रजिअ अर्याले तत्काल गृह तथा प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्धता ब्यक्त गरिन ।
‘माघीमा दिईने सार्वजनिक विदा कटौटी सांस्कृतिक अतिक्रम बुझेका छौं । संविधानले आत्मसाथ गरेको बहुलतालाई स्वीकार गरी माघे संक्रान्तिमा सार्वजनिक विदा पुनस्थापना गर्न माग गरेका छौं’ मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीले भने, ‘माघे संक्रान्ती मौलिक चाड हो । विकास र समृद्धिको नाममा माघे संक्रान्ति विदा कटौति मान्य छैन ।’

प्रकृति पुजक मगर जातिको माघे संक्रान्तिपछि उभौली सुरु हुन्छ । माघीमा म्याग्दीका मगरहरुले तरुलको परिकार बनाई सामुहिक भोजन गर्छन । मगर बाहुल्य जिल्ला भएपनि यहाँका मगर आफ्नो मातृभाषा बोल्न जान्दैनन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
