आज:  | Tue, 28, Jun, 2022

मराङमा दन्त शिविर

१० पुष २०७५, मंगलवार ००:०८ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

धवलागिरी गाउापालिका, ६ मराङ बेशीमा सोमबारदेखि नि:शुल्क दन्त शिविर सुरु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)को संयुक्त आयोजनामा त्रि.वि शिक्षण अस्पतालका दन्त विशेषज्ञ डा. दिपकराज जोशीको नेतृत्वमा डा. दृष्टिराज जोशी, श्रीया जोशी र कल्पना जोशीको टोलीले सेवा दिएको हो ।

भौगोलिक रुपमा जिल्लाकै दुर्गम धौलागिरी गापामा स्वास्थ्य, शिक्षाको पहुाच विस्तारमा शिविर सहयोगी हुने गापा अध्यक्ष थमसरा पुनले बताईन । शिविरबाट सोमबार पहिलो दिन मराङ, मल्कवाङ, बिम, ताकम र खिवाङका ९४ जनाले सेवा लिएका छन ।

शिविरमा मोनाका अध्यक्ष चक्र थापा, पूर्व अध्यक्ष योगेन्द्र क्षेत्री र एनआरएनए न्युजल्याडका अध्यक्ष कमल वाइवा उपस्थित छन ।

शिवरमा दन्त उपचार सम्बन्धी सेवा प्रवाह बाहेक स्थानीयलाई भेलागरी दाातको समस्याबाट बच्ने उपाय सम्बन्धमा प्रशिक्षण गरिएको मोनाका अध्यक्ष चक्र थापाले बताए ।