आज:  | Tue, 28, Jun, 2022

खेलाडी छनौट

१० पुष २०७५, मंगलवार १२:४५ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

जिल्ला खेलकुद विकास समितिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागी पोखरामा हुने गण्डकी प्रदेश स्तरिय प्रतियोगिताकालागी जिल्लाबाट खेलाडी छनौट गरेको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागी खेलाडी छनौट गर्न पोखरामा आयोजना हुने प्रदेश स्तरिय प्रतियोगितामा म्याग्दीबाट फुटवल, भलिवल, बास्केटवल, कबड्डी, उसु, एथेलेटिक्स, ब्याडमिन्टन, तेक्वाण्डोमा महिला/पुरुष टिमले प्रतिस्पर्धा गर्ने भएका छन । प्रदेश प्रतियोगितालागी विभिन्न विधामा महिला ६४ र पुरुष ८० गरी कुल १ सय ४० खेलाडी जिल्लाबाट छनौट भएको खेलकुद विकास समितिले जनाएको छ ।

‘राष्ट्रिय खेलकुद प्रतियोगिताकालागी जिल्लाबाट खेलाडी छनौट पुरा गरेका छौं । प्रदेश प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छन’ खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले भने, ‘धेरै खेलविधामा म्याग्दीका खेलाडी राष्ट्रिय प्रतियोगितामा छनौट भै पदक ल्याउने विश्वास धेरै छ ।’