Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

अस्पताल विरामी मैत्री बनाउँछु’

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५७९ पटक पढिएको
अस्पताल विरामी मैत्री बनाउँछु’

बेलबहादुर कटुवाल, बेनी जिल्ला अस्पताल, म्याग्दीका अध्यक्ष हुन । उद्योग वाणिज्य संघ म्याग्दीका बरिष्ठ उपाध्यक्ष समेत रहेका कटुवाललाई ०७५ असोज ३ गते नेपाल सरकारले बेनी जिल्ला अस्पताल, म्याग्दीको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

१५ बेड क्षमताको अस्पताललाई कागजमा ५० वेडमा स्तर उन्नत गरेपछि बेनी जिल्ला अस्पतालको अवस्था झन खस्केको छ । दरवन्दी अनुसार विशेषज्ञ डाक्टर छैनन । अस्पतालको अवस्था झन खस्कियो भन्ने गुनासा छन । अस्पताल प्रमुख सुपरिटेण्डेन्ट नहुँदा नेतृत्व विहिन छ । अस्पताल जुनियर मेडिकल अफिसरको भरमा चलेको छ ।

प्रस्तुत छ, उनै वेलबहादुर कटुवालसँग बेनी जिल्ला अस्पतालको अवस्था र भविस्यमा उनले अस्पताललाई कस्तो बनाउने मार्ग चित्र कोरेका छन भन्ने समेतका विषयमा पुनहिल डिजिटल पत्रिकाले गरेको कुराकानी  

१, अहिले अस्पतालको अवस्था कस्तो छ  ? तपाईत ब्यपारी मान्छे, उद्योग वाणिज्य संघको पनि जिम्मेवार पदमा हुनुहुन्छ अस्पतालको ब्यवस्थापन कसरी गर्नु हुन्छ ?

कटुवाल : म उद्योग वाणिज्य संघमा आवद्ध भएपनि बेनी जिल्ला अस्पताललाई नजिकबाट हेरेको छु । बुझेको छु । अघिल्लो समितिमा सदस्य भएर पनि काम गरेकोले अस्पतालको समस्या र संभावना बारेमा जानकार छु । जहाँसम्म अस्पतालको अवस्थाको कुरा गर्नु भएको छ, अहिले बेनी जिल्ला अस्पताल संक्रमणकालमा छ । अस्पतालको पुराना भवन भत्काईएको र नयाँ भवनहरु निर्माणाधिन अवस्थामा रहेकोले भौतिक ब्यवस्थापन जेनतेन चलेको छ । अस्पतालको सवै पूर्वाधार तयारी नगरी १५ शैयाबाट ५० शैया क्षमताको अस्पताल बनाईएकोले औषधीको वितरण सिस्टम, डाकटर तथा श्वास्थ्यकर्मी ब्यवस्थापन र अस्पताललाई अस्पताल जस्तो वातावरण बनाउनु पर्ने छ ।

, ५० बेड क्षमताको बेनी जिल्ला अस्पतालमा डाक्टर दरवन्दी कति हो कति कार्यरत छन ?

कटुवाल : ५० शैयाको अस्पतालमा स्तर उन्नत भएपछि जिल्ला अस्पतालमा वरिष्ठ कन्सल्टेन्ट (विशेषज्ञ) पेडियार्टिसियन (बालरोग), अब्य तथा गाईना (स्त्री रोग), सर्जन, अर्थो सर्जन (हाडजोर्नी), साईक्यार्टिक (मानसिक रोग), एनेस्थेसियालोजिष्ट, जनरल फिजिसियन, रेडियोलोजिस्ट, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जनरलिष्ट, सुपरिटेन्डेन्ट समेत १० जना डाक्टरको दरवन्दी छ । तर एक जना पनि विशेषज्ञ डाक्टर जिल्लामा छैनन ।

अहिले मेडिकल अफिसर र निक साईमण्ड संस्थाबाट आएका २ जना एमडिजिपी डाक्टरहरुको सहयोगले जिल्ला अस्पतालमा शल्यक्रिया समेत जटिल खाले रोगको उपचार भैरहेको छ । खाँचो टरको छ । म अस्पताल विकास समिति अध्यक्ष भै आएपछि मन्त्रालयमा पहल गरी थप एक जना एमडिजिपी डाक्टर ल्याएका छौं ।

श्वास्थ्य मन्त्रालय प्रदेश सरकार मातहत रहेको र प्रदेश सरकारले श्वास्थ्य क्षेत्रमा कार्यविधी बनाई सकेकोले डाक्टरहरुको समस्या सम्बोधन होला भन्ने आसा गरेको छु ।

, अस्पतालको भवन सुस्त गतिमा निर्माणाधिन कहिलेसम्म पुरा हुनु पर्ने हो ? कसरी अस्पतालमा उपचार ब्यवस्थापन मिलाउनु भएको ?

कटुवाल : ५ हजार ३ सय बर्गमिटर क्षेत्रफलमा एक तल्ला अण्डरग्राउण्ड सहित ३ तल्ले ५० शैयाको क्षमताको जिल्ला अस्पताल बनाउन साविक सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बाग्लुङ्गले ०७३ पुस २१ गते महादेव खिम्ती/गल्वा/रफिना जेभि काठमाण्डौलाई भ्याटबाहेक १८ करोड ९० लाख रुपैयाँमा ठेक्का दिएको हो । सम्झौता अनुसार ठेकदारले भवन ०७६ असोज भित्र बुझाउनु पर्छ । तर काम सन्तोषसजनक रुपमा भएको छैन ।

धरौटी जफत गर्ने सम्मको कारवार्ही प्रकृया सुरु गरेपछि ठेकदार कम्पनीले निर्माण स्थलमा आधिकारिक प्रतिनिधी परिवर्तन गरी काम सुरु गरेको छ । भर्खर ठेकदारका प्रतिनिधी फेरिएकोले केही दिन कामको गति हेर्नु पर्छ । हामी छिटो र समयमै काम सम्पन्न गराउन दवाव र कामको गुणस्तर अनुगमन निरन्तर गरिरहन्छौं ।

अस्पतालमा औषधीको अवस्था के ? निशुल्क औषधी श्वास्थय विमा गरेका विरामीले सवै औषधी पाईदैन भन्ने गुनासा छन, के हो अवस्था ?

कटुवाल : यस बर्ष अस्पतालमा प्रयाप्त औषधी स्टक छ । म अध्यक्ष भै आएपछि बेनी नगरपालिकाबाट ढुवानी ब्यवस्था मिलाई औषधी ब्यवस्था विभागबाट अस्पतालमा आवश्यक औषधी ल्याएका छौं । जिल्ला अस्पताल बेनी नगरपालिका मातहत राखिएको भएपनि औषधी ब्यवस्था विभागबाट ल्याएको औषधी हामीले जिल्लाका सवै ५ वटा गाउँपालिकामा पनि पठाएका छौं । बेनी नगरपालिका भित्रका ६, ७ र ८ वडामा श्वास्थ्य चौकी नभएकोले बेनी अस्पतालमा विरामीको अतिरिक्त चाप छ । पर्वत जिल्लाको जलजला गापाका विरामी पनि बेनीमा आउने भएकोले विरामीको चाप अनुसार अस्पताल विकास समितिले छुट्टै औषधी समेत किनेर ल्याएको छ ।

श्वास्थ्य विमा गरेका कतिपय विरामीले बेनीबाहेक पोखरा, काठमाण्डौ समेत सहरका ठूला अस्पतालका डाक्टरले लेखिदिएको प्रिकेप्सन अनुसारका औषधी खानु हुन्छ । उही रोगको औषधी फरक–फरक डाक्टरले प्रिकेप्सनमा फरक फरक नामको औषधी लेख्ने हुँदा अन्यौल र दुविधा भएको हो । हामीले हाम्रो क्षमता र आवश्यकता अनुसारको औषधी किन्ने तर विरामी नयाँ आएपछि अन्यौल भएको थियो । अव कु्न कुन नयाँ खालका औषधी थप्ने भन्ने डाटा संकलन गरिरहेका छौं । अवको लटमा यि औषधी थप हुन्छन ।

, तपाइ अस्पताल विकास समितिको अध्यक्ष भएपछि जनताले बेनी जिल्ला अस्पतालमा के के परिवर्तन वा सुधार भएको देख्न अनुभव गर्न सक्नेछन ? योजना के छन ?

कटुवाल : अस्पतालको अन्तरंग विभाग जहाँ सिकिस्त र संवेदनशिल विरामी भर्ना गरी राखिन्छ, त्यसैको ढोकाबाट ठूलठूला सिमेन्ट बोकेका ट्रक, माटो वालुवा बोकेका ट्याकटर तथा निर्माण सामाग्री बोकेका सवारी साधनले धुलो उडाउँदै गुड्थे । अस्पताल भर्ना भएका विरामी धुलो र गाडीको धुँवाले बस्नै नसक्ने अवस्था थियो । म अध्यक्ष भएपछि पहिलो काम अस्पतालको वाह्य बातावरण सुधार गर्न सुरु गरे. । निर्माण सामाग्री इन्डोर क्षेत्रबाट होईन बैकल्पिक बाटो खोजेका छौं । अस्पताललाई प्रदुषण मुक्त बनाउने अभियान सुरु गरेको छु ।

अस्पतालको बाहिर गेट नहुँदा अस्पताल गौचरन बनेको छ । बाहिर मुल गेट निर्माणगरी पशु चौपाया, अनाधिकृत अन्य सवारी साधन प्रवेशलाई नियन्त्रण गर्दैछु । म अस्पताललाई विरामी मैत्री वतावरण बनाउँछु ।

मेरो कार्यकालमा अस्पताल भित्र एउटा वाल वार्ड स्थापना गर्छु । बृद्ध, अपाङ्ग र विशेष समुदायले पाउने स्वास्थ्य सुविधालाई सरल र उनीहरुलाई कार्ड बनाई सिधै डाक्टरलाई भेट्ने ब्यवस्था मिलाउँछु । महत्वपूर्णकुरा समाजका सवै समुदाय, वर्ग र लिङ्गका विरामीको श्वास्थ्यमा पहुँच बृद्धी गर्छु । अहिले ल्यावका रिपोर्ट जतिबेला पनि वितरण गर्ने चलन छ, यस्ले पहुँच नभएका र वोल्न नसक्ने विरामी पछि पर्ने पहुँचवालाले छिट्टै ल्याव रिपोर्ट हातमा पारी डाक्टरलाई देखाउने सिस्टम बन्द गर्छु ।

, अस्पतालमा विश्वमा छरिएका जिल्लाबासीले उपहार दिएका उपकरणहरु, केही श्वास्थ्य मन्त्रालयले नै दिएका उपकरणहरु पनि अलपत्र परेको कहिले देखी सुरु हुन्छन ? संञ्चालन गर्न सक्ने अवस्था के ?

कटुवाल : जिल्ला अस्पतालमा मृगौला रोग डायलासिस मेशिन प्राप्त भएको छ । डायलासिस मेसिन पूर्ण नभएकोले अस्पतालले छुट्टै १३ लाख लागतमा फिल्टर सिस्टम आरओ मेशिन खरिद गरेको छ । तर अस्पतालसँग यस मेशिन चलाउन एक जना डाक्टर र नर्सलाई तालिम दिएका छौ । मेसिन चलाउने प्राविधिक मात्र भएन नुग्ने मृगौला सम्बन्धी रोग हेर्ने डाक्टर छैनन, उपकरण सेटअप गर्ने र अन्य ब्यवस्थापन गर्न बजेट र उपकरण राख्ने सुरक्षित भवन नहुदा प्रयोगमा ल्याउन सकेका छैनौं ।

जिल्ला अस्पताललाई मृगौला डायलासिस मेशिन मात्र होईन प्रवासमा रहेका धेरै जिल्लाबासीले पनि विभिन्न सहयोग गरेका छन । हङ्गकङ्गमा रहेका जिल्लाबासीले उपहार दिएको डिजिटल भिडियो एक्सरे मेसिनको प्रिन्टर विग्रिएकोले मर्मत भैरहेको छ । यो मेसिन मर्मत मर्मतसंभार एवं ब्यवस्थापन गर्न ६ लाख ६५ हजारबढीको छुट्टै अक्षय कोष भएकोले अस्पताललाई भने भार पर्दैन ।

म यति बेला जापानबाट डिडियो एक्सरे मेसिन, वेल्जियमबाट रगत परिक्षण गर्ने कम्प्लीट काउण्टीङ्ग मेसिन र फ्रीज वैंक, इजरायलबाट ल्यारेङ्गकोप २ थान, स्पाईनल वोर्ड, पल्सर नाप्ने मेशिन, नेवुलाईजर मेसिन, इसिसी मेसिन, गर्भको धड्कन सुन्ने फेडल डपलर, फोटो थेरापी मेसिन र वेड दिने अस्ट्रेलियामा रहेका जिल्लाबासीलाई धन्यवाद दिन चाहन्छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल