आज:  | Sat, 25, Jun, 2022

फेकोन गण्डकी प्रदेश समिति गठन

२ पुष २०७५, सोमबार ०४:२७ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

शैक्षिक परामर्शहरुदाताको स्वतन्त्र छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श सघं ९फेकोन० गण्डकी प्रदेश समिती गठन भएको छ ।

स्वदेश तथा विदेशमा पढ्न जाने विद्यार्थीका लागि शैक्षिक परामर्श दिदै आएका गण्डकी प्रदेशमा सञ्चालित शैक्षिक परामर्श संस्थाहरुको भेलाबाट समिति गठन गरिएको हो । भेलाले जागृत प्रसाद भट्टराईको अध्यक्षतामा गठन भएको ९ सदस्यीय समितिमा प्रथम उपाध्यक्षमा सुनिल पराजुली, द्वितीय उपाध्यक्षमा सुजन बस्नेत, महासचिवमा बलराम तिमिल्सिना, सचिवमा विश्वप्रकास भुषाल, कोषध्यक्षमा संजय सुबेदी र सदस्यहमा राजु गौतम, पुष्प तिमिल्सिना, नन्दु पाइजा छन् ।

परामर्श दाताहरुको व्यावसायिकता र मर्यादित सेवा प्रवाहका माध्यमबाट विद्यार्थीलाई अधिकतम लाभ प्रदान गर्न फेकोन कटिवद्ध रहेको नवनिर्वाचित अध्यक्ष जागृत भट्टराईले बताए ।

नन्दु पाइजा