- Loading...
म्याग्दीखोला जलविधुत शिलन्यास
- पुनहिल डट कम
- ६ साल अघि
- ४३२ पटक पढिएको

पुनहिल– म्याग्दीखोला करिडोरमा २५ मेगावाट क्षमताको पहिलो जलविधुत दरवाङ्ग म्याग्दीखोला आयोजनाको निर्माण सुरु भएको छ ।
५ अर्व १५ करोड लागत अनुमान गरिएको आयोजनाको विधुत गृहको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाले शिलन्यास गरिन । सदरमुकाम बेनीबाट २४ किमी पश्चिम मालिका गाउँपालिका, ५ र ७ विम तथा धौलागिरी गापा, ७ धारापानीको फेदीमा बाँध निर्माणगरी ५ किलोमिटर लामो सुरुङ्गबाट म्याग्दीखोलाको पानी ल्याई मालिका गापा, ६ दु:खुवेशीमा रहने विधुत गृहमा खासाल्ने योजना छ ।

एनआरएन दक्षिण कोरियाका पूर्व अध्यक्ष स्थानीय विनोद कुँवरले नेतृत्व लिएपछि आयोजनाले गति लिएको हो । म्याग्दी प्रवासी नेपाली संघ (मोना), गैह्आवसिय नेपाली संघ (एनआरएन) आवद्ध जिल्लाबासीको म्याग्दी इन्भेष्टमेन्ट कम्पनी र ग्लोवल फ्रेण्डसिप क्यापिटल लिमिटेड आयोजनाको मुख्य प्रर्वद्धक छन ।
‘सवै जिल्लाबासीलाई विधुत आयोजनामा जोडिन हामी अनुरोध गरेका छौं । सवै मिलेर आयोजना सम्पन्न गरौं । अरु आयोजनापनि छन, सवै स्थानीय लगानीमा गरौं’ आयोजनाका अध्यक्ष विनोद कुँवरले भने, ‘सवै क्षेत्र र पक्षसँगको सहकार्यले आयोजना समयभित्रै सम्पन्न गर्ने लक्ष्य छ ।’
आयोजनाको ३० प्रतिशत संस्थापक/सर्वसाधारण र ७० प्रतिशत वैंक क्लोजर रहने छन । आयोजनाको बैंक क्लोजरमा प्रभु, कुमारी वैंक समेत ६ वटा विकास वैंकरहेका छन । आयोजनाबाट उत्पादन हुने विधुत १३२ केभिए ट्रान्समिसन लाईनबाट १४ किमी तल बेनीनगरपालिका, ४ डाँडाखेत स्थित सवस्टेसनमा जोडि केन्द्रीय प्रसारणलाईनमा जोडिने आयोजनाका प्रवन्ध निर्देशक ई.हर्कमान मगरले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
