FLASH NEWS
  • Loading...

माल पाएर चाल नपाएपछि ………

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४४७ पटक पढिएको
माल पाएर चाल नपाएपछि ………

पुनहिल–  ‘माल पाएर चाल नपाउने’ नेपाली उखान जस्तै भएको छ, बेनी जिल्ला अस्पताल बेनीमा मृगौला डायलासिस मेशिन ।

मृगौला रोग डायलासिस उपकरण सेटअप हुन नसकदा ६ महिनादेखी उपयोग हुन सकेको छैन । बेनीको विधित आपूर्ति भरपर्दो र नियमति नभएको तथा अस्पतालसँ पनि ठूलो क्षमताको जेनेरेटर नभएकोले डायलासिस मेशिन सेट अप गर्न नसकेको अस्पताल विकास समितिले जनाएको छ । मेशिन भएर पनि उपयोग गर्न ठिलाई गरेको प्रति अस्पताल प्रशासनको आलोचना भएको छ ।

‘हामीले खाली हात मात्र थाप्यौं, दाताले पनि आधा–अधुरो मेशिन मात्र दिए । आफुनो क्षमता र पूर्वाधारको तयारी विना हात थाप्दा उपकरण प्रयोगमा ल्याउन समस्या भएको हो’ अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘मृगौला रोग हेर्ने डाक्टर, उपकरण चल्न आवश्यक पूर्ण नियमित विधुत आपूर्ति (जेनेरेटर), मेशिनमा आवश्यक गुणस्तरिय पानी, नियमित मर्मत/संभार गर्ने बजेट, उपकरण राख्ने सुरक्षित भवनको ब्यवस्थापनमा लागेका छौं । मेसिन र सेटअप ठूलो कुरा होईन, नियमित चल्नु ठुलो हो ।’

म्याग्दी प्रवासी नेपाली सघ मार्फत अस्ट्रेलियाको रोटरी क्लवले पठाएको १६ लाख मुल्यका दुई थान मृगौला डायलासिस मेशिन र सो मेशिन चलाउन आवश्यक १३ लाख मुल्यको आरओ मेसिन स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको हो ।

अस्पतालले जिल्लामै मृगौला रोगको डायलासिस सेवा सुरु गर्न डा. नवराज बास्ताकोटी र नर्स सुप्रिया शाक्यलाई तालिम पनि गराएको छ तर मेसिन सेटअप गर्ने प्राविधिक र प्राविधीकलाई दिने रकम नभएको भन्दै अस्पतालले उपकरण प्रयोगमा ल्याएको छैन ।

‘जिल्ला अस्पतालमा मृगौला रोगको डायलासिस सेवा सुरु गर्न उपकरण ल्याएका हौं । चलाउन डाक्टर र नर्सलाई प्राविधिक तालिम पनि दिएका हौं तर उपकरण चलेको छैन’ अस्पताल विकास समितिका पूर्वअध्यक्ष माधव रेग्मीले भने, ‘अस्पताल विकास समितिमा प्रयाप्त बजेट छ, तर खर्च गर्ने इच्छाशक्ति नहुँदा जनताले स्वाथ्यलाभ लिन सकेका छैनन ।’

बेनी जिल्ला अस्पतालले भने मेसिन चलाउने प्राविधिक भएपनी मृगौला सम्बन्धी रोग हेर्ने डाक्टर नभएको, उपकरण सेटअप गर्ने र नियमित गर्ने बजेट ब्यवस्था नभएको, उपकरणलाई चाहिने गुणस्तरको पानी र आवश्यक क्षमताको विधुत आपूर्ति नहुँदा मेशिन प्रयोगमा ल्याउन नसकिएको जनाएको छ ।

जिल्ला अस्पताललाई मृगौला डायलासिस मेशिन मात्र होईन प्रवासमा रहेका धेरै जिल्लाबासीले पनि विभिन्न सहयोग गरेका छन । हङ्गकङ्गमा रहेका जिल्लाबासीले उपहार दिएको डिजिटल भिडियो एक्सरे मेसिनको प्रिन्टर विग्रिएकोले मर्मत भैरहेको छ । यो मेसिन मर्मत मर्मतसंभार एवं ब्यवस्थापन गर्न ६ लाख ६५ हजारबढीको छुट्टै अक्षय कोष भएकोले अस्पताललाई भने भार पर्दैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल