- Loading...
घलेम्दी जलविधुतको लागत बढेको बढ्यै
- पुनहिल डट कम
- ६ साल अघि
- ४९४ पटक पढिएको

पुनहिल – अन्नपूर्ण गाउँपालिका, ३ नारच्याङमा निर्माणाधिन ५ मेगावाट क्षमताको घलेम्दी जलविधुत आयोजना अन्तिम चरणमा पुगेको छ । निर्माण ढिलाई हुँदा आयोजनाको लागत ह्वात्तै बढेको छ ।
०६७ सालमा वातावरणीय प्रभाव मुल्याड्ढन प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा १३ करोड प्रति मेगावाट लागत सार्वजिनक गरिएको थियो । ०७१ सालमा विधुत खरिद सम्झौता (पिपिए)गर्दासम्म आयोजनाको लागत बढेर १६ करोड ८० लाख पुगेको थियो । ०७२ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको आयोजना ०७५ मंसिर दोस्रो सातामा आई पुग्दा ‘अन्तिम’ चरणमा छ । र लागत बढेर २३ करोड प्रति मेगावाट पुगेको छ । आयोजना सम्पन्न हुँदासम्म प्रति मेगावाट लागत बढेर २४ करोड नाघ्ने अनुमान छ ।
आगामी चैत मसान्तसम्म परिक्षण उत्पादन सुरु गर्ने लक्ष्य लिएको आयोजनाको सुरुङ्ग निर्माण पुरागरी अर्धभुमिगत पावरहाउस निर्माण गरिरहेको छ । मुहानतर्फ डाईभर्सन, पानी थिग्राउने पोखरी निर्माण भैरहेको छ । आयोजनाबाट दानास्थित सवस्टेसन जोड्ने ट्रान्समिसन लाईन निर्माण पुरा भएको छ ।
‘आयोजना निर्माणको अन्तिम चरणमा छ । चैतसम्म परिक्षण उत्पादन गर्छौं’ निर्माणस्थलमा रहेका संस्थापक संञ्चालक टंकबहादुर बरुवालले भने, ‘इलेक्ट्रिक सामाग्री निर्माणस्थल आईपुगेको छ । पावरहाउसको छाना राख्निे वित्तिकै मेशिन जडान सुरु हुन्छ ।’
१ हजार ३ सय जना संस्थापकको ३५ करोड ५० लाख र लम्बिनी र टुरिजम विकास वैंकको ५५ करोड लगानी रहेको घलेम्दी जलविधुत आयोजना सम्पन्न गर्न आईपिओवाट संकलित पुँजीले खर्च गरिने छ । आयोजनाको वित्तिय अवस्थामा अध्ययन गर्ने इर्का नेपालले ४ ग्रेडिङ्ग दिएको छ । ४ ग्रेडिङले आयोजनाको वित्तिय अवस्था औसत भन्दा कमजोर भन्ने बुझाउँछ ।
‘आयोजनाको लागत धेरै नै बृद्धी भएकोले प्रक्षेपण गरे अनुसार शेयरधनीले मुनाफा पाउने देखिन्न । संस्थापक शेयर हाल्ने सर्वसाधारण शेरधनी अलि खुसी भएनौं’ आयोजना निर्माणस्थल पुगेको संस्थापक शयरधनी एवं उद्योग वाणिज्य संघका पदाधिकारी सुविन श्रेष्ले भने, ‘संञ्चालकहरु छिटो निर्माणमा नजुटे, लागत थप बढ्ने र समयमै आयोजना सम्पन्न नहुने जोखिम छ ।’
पिपिए लाईसेन्स परिवर्तन, फाइनान्सियल क्लोजर परिवर्तन, भुकम्प र नाकावन्दी आदी कारणले निर्माणमा केही ढिलाई हुँदा आयोजना महंगो हुन पुगेको घलेम्दी जलविधुत आयोजनाले जनाएको छ । बराह शिखरबाट झर्ने हिमखोला भएकोले घलेम्दी जलविधुत रन अप द रिभर प्रकारको हो । आयोजनाले बर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैया ४० पैसाका दरले विधुत खरिद गर्ने गरी प्राधिकरणसँग विधुत खरिद सम्झौता गरेको छ । १ हजार ३ सय जना संस्थापकको ३५ करोड ५० लाख र लम्बिनी र टुरिजम विकास वैंकको ५५ करोड लगानी रहेको छ । बाँकी आईपिओबाट जुटाईएको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
