आज:  | Tue, 05, Jul, 2022

‘मलाई गणना गर, समावेश गर’

१७ मंसिर २०७५, सोमबार १२:२२ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
पुनहिल– २७ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस म्याग्दीमा पनि विविध कार्यक्रमगरी मनाईएको छ ।अपाङ्ग संघ, बौद्धिक अपाङ्गता अभिभावक संघ र बेनी नगरपालिका स्तरीय अपाङ्गता सञ्जालको आयोजनामा बेनीको विरेन्द्रचोकबाट विभिन्न अपाङ्गता अधिकार उल्लेखित प्ले कार्डसहित र्‍यालीले बगार परिक्रमा गरी सभामा परिणत भएको थियो ।‘अपाङ्गता भएका ब्यक्रिहरुकालागी शसक्तिकरण तथा समावेशी र समानताको सुनिश्चिताता’ भन्ने मुल नारा सहित आयोजना गरिएको अपाङ्गता दिवस मुल समारोह जिल्ला समवन्यय समितिका संयोजक देवेन्द्रबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरीकुमार श्रेष्ठ, उपमेयर सन्जु बरुवाल समेतका वक्ताले अपाङ्गताको अवस्था र सरोकारवालाले निर्वाह गर्नु पर्ने भुमिकाको बारेमा चर्चा गरिएको थियो ।अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीका अनुसार उक्त अवसरमा दुई जना दृष्टीविहीनलाई सेतो छडी, दुई जनालाई सादा लठ्ठी र दूई जनालाई बैशाखीगरी ६ जना अपाङ्गता भएका ब्यक्तिलाई सहायता सामाग्री वितरण गरिएको थियो ।