FLASH NEWS
  • Loading...

पार्टी भित्र ‘विभिषण’ प्रवृत्ति घातक

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४७४ पटक पढिएको
Post Thumbnail

पुनहिल– नेकपाका स्थाई समिति सदस्य एवं गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उठ्न खोजेको ‘आत्म निन्दा’ र ‘विभिषण’ प्रवृत्तिले पार्टी एकता र सरकारको काममा घातक रहेको बताएका छन ।

इतिहाँस जपेर भविश्य बन्दैन । कम्युनिष्ट पार्टीमा ब्यक्ति होईन, नीति प्रधान हुन्छ भन्ने कुरा शास्त्रीय तथा मनोगत रोग हो । मुख्य मन्त्रीहरुका भेला गराएर तथा संघीय सरकारको कटु आलोचक रहेका मुख्यमन्त्री गुरुङ्गले पार्टी संञ्चालनमा नीति मात्र होईन ब्यक्तिको (नेतृत्वको) पनि महत्वपूर्ण र विशेष भुमिका रहन्छ भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पुरै बचाउ गरे ।

हालै माधव नेपाल पक्षधरले पार्टी विधी र प्रकृया अनुसार नचलेको भन्दै लिखित सुझाव दिएको प्रति लक्षित गर्दै मुख्य मन्त्री गुरुङ्गले भने, ‘पार्टी भित्र ‘आत्म निन्दक’ घातक छन । पार्टीको विधान र निर्णयहरु आफ्नो अनुकुल ब्याख्या गर्ने, नेतृत्वको भुमिकालाई कमजोर ठान्ने ‘विभिषण प्रबृत्ति’ पार्टीलाई कमजार बनाउँछ ।’

मुख्य मन्त्री गुरुङ्गले थपे, ‘रामायणमा राम र रावण विचको युद्धमा भाई विभिषणले रामलाई साथ दिँदा रावणले युद्ध हार्नु परेको हो । नेपालको कम्युनिष्ट पार्टी राम र रावणको युद्धको अवस्थामा छ, रामलाई झै भाईहरुको साथ रहने कि विभिषणले झै रावललाई साथ छोड्ने, गम्भिर हुनु पर्ने बेला छ ।’

नेपालको करिव दुई तिहाई बहुमतको कम्युनिष्ट पार्टी गठन भएपछि विपक्षि दलहरु मात्र होईनन, दक्षिणी छिमेकी भारतसमेत सडयन्त्रमा लागेको आरोप लगाए । नेपालमा कम्युनिष्ट पार्टीको सरकार लोकप्रिय हुँदा भारतीय कम्युनिष्ट पार्टीलाई लाभ पुग्ने आंकलन गर्दै विदेशी शक्ति सरकार असफल बनाउन षडायन्त्रमा लागेको आरोप लगाउँदै मुख्य मन्त्री गुरुङ्गले थपे, ‘हिजो आफैले राजतन्त्र हटाउन साथ दिएको भारतले अहिले आफ्नो गणतन्त्र दिवसको मुख्य अतिथि बनाउँछ । ठिक त्यही बेला राजतन्त्रबादी पञ्चायती हस्तीहरुको तीन वटा राप्रपा मिल्ने चर्चा चलिरहेको छ । काँग्रेस हिन्दु धर्मको आवरण खोजिरहेछ ।’

नेकपा म्याग्दीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न बेनी आएका मुख्य मन्त्री गुरुङ्गले दुईपाटी विच अझै पानीमा चिनी हाले जस्तौ घुलन नभई पानीमा तेल मिसाए जस्तो देखिएको उल्लेख गरे । सेना, प्रहरी र कर्मचारीतन्त्रमा रहेको संगठनात्मक तथा मानसिक रुपमा परम्परागत सोंच र शैली नै संघिय, प्रदेश तथा स्थानीय सरकार संञ्चालकका मुख्य समस्या रहेको कुरा दोहोर्‍याए ।

नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाको अध्यक्षता, जिल्ला संयन्त्र सदस्य हरीकृष्ण श्रेष्ठको संञ्चालन, टेकबहादुर विकको स्वागतमा सम्पन्न जिल्ला स्तरिय कार्यकर्ता भेलामा गण्डकी प्रदेश सचिव एवं मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार गोविन्द नेपाली, केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, प्रदेश सभा सदस्य विनोद केसी, पूर्व सभासद नवराज शर्मा र गोविन्द पौडेलले दुई पार्टी एकता प्रकृया र सरकारको काम गराई प्रति आ–आफ्ना धारणा राखेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल