FLASH NEWS
  • Loading...

प्रकाशको ६६ औं बार्षिकोत्सव

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३८० पटक पढिएको
प्रकाशको ६६ औं बार्षिकोत्सव

बेनी स्थित प्रकाश माध्यामिक विद्यालयले ६६ औं बार्षिक उत्सव मनाएको छ । जिल्लाको जेठो विद्यालयले सोमबार विविध कार्यक्रमगरी बार्षिकोत्सव एव अभिभावक दिवस मनाएको हो ।

सदरमुकामका निजी विद्यालयसँग विद्यार्थी र शैक्षिक गुणस्तरमा टक्कर गर्दै आएको प्रकाश मावि जिल्लामा सवैभन्दाबढी विषय अध्यापन गराउने र अनुभवी र सक्षम शिक्षकहरुको भण्डार पनि हो । विद्यालयले बार्षिकोत्सवको अवसरमा उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीलाई प्रोत्साहन पुरस्कृत गरिएको थियो ।

शिक्षक, विद्यार्थी र अभिभावकसहित प्रभातफेरी पछि विद्यालयको प्राङ्गणमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नविन कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित बार्षिकोत्सव समारोहको प्रमुख अतिथि बेनी नगरपालिका प्रमुख हरीकुमार श्रेष्ठले उद्घाटन गरे ।

‘सामुदायीक विद्यालयको गुणस्तर कायम राख्न सफल भएकोमा बधाई छ’ प्रमुख अतिथि मेयर श्रेष्ठले भने, ‘प्रकाश माविलाई नमुना सामुदायीक विद्यालय बनाउन नगरपालिका सवै आर्थिक, भौतिक सवै क्षेत्रबाट सहकार्य गर्न तयार छ ।’

सहायक प्रअ लेखबहादुर हमालले संञ्चालन विद्यालय ब्यवस्थापन समिति सदस्य हरीकृष्ण श्रेष्ठले स्वागत गरेको कार्यक्रममा प्रअ हरीकृष्ण सुवेदीले विद्यालयको शैक्षिक, आर्थिक पक्ष समेटिएको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा आजिवन सदस्य विमला गौचन, बेनपा, ८ का वडाध्यक्ष रामकृष्ण बराईली, ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँ, अभिभावक सुवर्ण रिजाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विक, उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले विद्यालयको विविध पक्षमाथी चर्चा गरेका थिए ।