FLASH NEWS
  • Loading...

घुससहित वन अधिकृत पक्राउ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४७ पटक पढिएको
घुससहित वन अधिकृत पक्राउ

|सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार ठाकुर

बेनी नगरपालिका, ७ मंगलाघाट स्थित सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।

काठ सम्बन्धी मुद्धा झेलिरहेका एक सेवाग्राहीलाई कार्यालयसँगै रहेको आवासमा वेलाई मुद्धा मिलाई दिने आश्वासन सहित ३३ हजार घुस लिएका थिए । सेवाग्राहीले वन अधिकृत ठाकुरले दु:ख दिने र रकम असुल्ने नियतले आफ्नो काठ समाई बार्गेनिङ्ग गरिरहेको सूचना स्थानीय युवा मार्फत अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरालाई खवर गरेका थिए ।

सवडिभिजन वन कार्यालय काठ सम्बन्धी मुद्धामा आर्थिक लेनदेनमा बार्गेनिङ भैरहेको सूचनाको आधारमा छापामार्दा सहायक वनअधिकृत ठाकुर रंगेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकृत रमेश ढकालले बताए ।