- Loading...
न्यूवेष्ट पोईन्ट र केवि एकेडेमी फाईनलमा
- पुनहिल डट कम
- ६ साल अघि
- ३३२ पटक पढिएको

पुनहिल– सदरमुकाम बेनीमा जारी १७ औं अन्तर माध्यामिक विद्यालय स्तरिय ‘जेसिज कप’ फुटवल प्रतियोगितामा बेनीको साविक विजेता न्यू वेष्टपोईन्ट र केवी एकेडेमी दरवाङ्ग फाईनलमा प्रवेश गरेका छन ।
१६ टिमको सहभागिता रहेको प्रतियोगितामा शुक्रवार भएको सेमिफाईनल खेलमा शुन्यका विरुद्ध ८ गोल गर्दै न्यू वेष्टपोईन्ट र बेनी बोडिङ्गलाई एकका विरुद्ध दुई गोल अन्तरले पराजित गरी केवी एकेडेमी फाईनल यात्रा तय गरेका हुन । प्रतियोगिताको हुवावे मोवाईलका स्थानिय विक्रेता नरेश मोवाईलले मुख्य प्रायोजन गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता न्यू वेष्टपोईन्ट माविले विजय सुरुआत गरेको छ । न्यू वेष्टपोईन्टले पहिलो पटक प्रतियोगितामा सहभागी महेन्द्ररत्न मावि बरंजालाई शुन्यका विरुद्ध ९ गोल प्रहार गशिल्ड हात पारेको छ । दुई पटकको विजेता र ९ पटकको उपविजेता रहेको न्यू वेष्टपोईन्ट र पहिलो पटक फाईनल यात्रा गरेको केवी एकेडेमी विच शनिवार विहान १० बजे खुल्ला मञ्चमा प्रतिस्पर्धा हुने संचार संयोजक सुजन बरुवालले बताए ।
जिल्लामा आयोजना हुने विद्यालय तहको सर्वाधिक ठूलो प्रतियोगिता मानिने जेसिज कप प्रतियोगिताको विजेताले नगद ४० हजारसहित कप, ट्रफि, मेडल र प्रमाणपत्र तथा उपविजेताले २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडी, डिफेनडर, गोलकर्ता र अनुसासित खेलाडीलाई नगद एक हजार ५ सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
