आज:  | Tue, 28, Jun, 2022

न्यूवेष्ट पोईन्ट र केवि एकेडेमी फाईनलमा

१४ मंसिर २०७५, शुक्रबार १५:०३ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
पुनहिल– सदरमुकाम बेनीमा जारी १७ औं अन्तर माध्यामिक विद्यालय स्तरिय ‘जेसिज कप’ फुटवल प्रतियोगितामा बेनीको साविक विजेता न्यू वेष्टपोईन्ट र केवी एकेडेमी दरवाङ्ग फाईनलमा प्रवेश गरेका छन ।१६ टिमको सहभागिता रहेको प्रतियोगितामा शुक्रवार भएको सेमिफाईनल खेलमा शुन्यका विरुद्ध ८ गोल गर्दै न्यू वेष्टपोईन्ट र बेनी बोडिङ्गलाई एकका विरुद्ध दुई गोल अन्तरले पराजित गरी केवी एकेडेमी फाईनल यात्रा तय गरेका हुन । प्रतियोगिताको हुवावे मोवाईलका स्थानिय विक्रेता नरेश मोवाईलले मुख्य प्रायोजन गरेको छ ।प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता न्यू वेष्टपोईन्ट माविले विजय सुरुआत गरेको छ । न्यू वेष्टपोईन्टले पहिलो पटक प्रतियोगितामा सहभागी महेन्द्ररत्न मावि बरंजालाई शुन्यका विरुद्ध ९ गोल प्रहार गशिल्ड हात पारेको छ । दुई पटकको विजेता र ९ पटकको उपविजेता रहेको न्यू वेष्टपोईन्ट र पहिलो पटक फाईनल यात्रा गरेको केवी एकेडेमी विच शनिवार विहान १० बजे खुल्ला मञ्चमा प्रतिस्पर्धा हुने संचार संयोजक सुजन बरुवालले बताए ।जिल्लामा आयोजना हुने विद्यालय तहको सर्वाधिक ठूलो प्रतियोगिता मानिने जेसिज कप प्रतियोगिताको विजेताले नगद ४० हजारसहित कप, ट्रफि, मेडल र प्रमाणपत्र तथा उपविजेताले २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडी, डिफेनडर, गोलकर्ता र अनुसासित खेलाडीलाई नगद एक हजार ५ सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।