- Loading...
धौलागिरीमा पुग्यो इन्टरनेट
- पुनहिल डट कम
- ६ साल अघि
- ४४५ पटक पढिएको

जिल्लाको दुर्गम धवलागिरी गाउँपालिका कार्यालयमा वल्न इन्टरनेट पुगेको छ । भौगोलिक रुपमा जिल्लाको ४५ प्रतिशत भुगोल ओगट्ने धौलागिरी गाउँपालिकामा अहिलेसम्म विधुतको केन्द्रीय लाईन पनि अझै पुगेको छैन । धेरै स्थानमा बल्न मोवाईलको भ्वाईस सेवा मात्र पुगेको छ ।
टेलिकमले धौलागिरी गापा,३ मुदीको फालडाँडामा रहेको मोवाईलको रिपिटर टावरमा डाटा सहितको सेवा जडान गरेपछि त्यस क्षेत्रमा इन्टरनेट पुगेको हो ।
गाउँपालिका केन्द्र मुनामा गत जेठबाट मात्र नेपाल टेलिकमले पहिलो पटक भ्वाईस सहितको मोवाईल सेवा पुर्याएको थियो । टेलिकमले पोईन्ट टु पोईन्ट प्रविधीको इन्टरनेट राख्न रिपिटर टावर र गापा कार्यालयमा छुट्टाछुट्टै डिभाईस जडानगरी २ एमवि पिएस क्षमताको इन्टरनेट पुर्याएका हुन ।
गापा केन्द्र तोकिएका वस्तीमा इन्टरनेट नहुँदा स्वंए गापा कार्यालयको सम्मर्क कार्यालय बेनीमा राख्नु परेको थियो भने वैंक तथा वित्तिय संस्था गाउमा पुगेका थिएनन । गाउँपालिकाले डाटा सहितको मोवाईल र हाई स्पीडको डेलिगेटेड इन्टरनेट पुर्याउन टेलिकमको टावर राख्ने जग्गा, उपकरण राख्ने भवन र विधुत तथा ब्याट्रिको ब्यवस्था गरेको थियो । टेलिकमले प्राविधिक र उपकरण मात्र जडान गरेको हो ।
‘इन्टरनेट पुगेपछि अव एउटा ईमेल चेक गर्न एक दिन हिंडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता हटेको छ । कार्यालयको दैनिक काम तथा सेवा प्रवाह सहज साथै संघ तथा प्रदेश सरकारका एनकानुन, निती, निर्देशन र चिठी पत्र आदान सहज भएको छ’ प्रशासकीय अधिकृत अर्जुन शर्माले भने, ‘गाउँमै इन्टरनेट आएपछि सदरमुकाममा रहेको सम्पर्क कार्यालय समेत हटायौं । अव बैंक तथा वित्तिय संस्थालाई गाउँ आउन सहज हुने छ ।’
तेस्रो पुस्ताको (थ्रिजी) इन्टरनेट सहितको बिटीएस टावर सञ्चालन भएपछि धौलागिरी गाउँपालिका केन्द्र मुना समेत वरपरका वस्ती मुदी, खिवाङ, खोरीया, फलीयागाउँ, लुलाङ्ग, घट्टेखोला क्षेत्रमा पनि मोवाईल सेवा सहज भएको छ । मोवाईट टावर क्षेत्रमा विद्युत नपुगेकोले सोलार (सौर्य) उजर्ामा निर्भर हुनु पर्ने बाध्यता भने यथावत छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
