- Loading...
अव गाउँका कार्यालय पनि विधुतिय हाँजिर
- पुनहिल डट कम
- ६ साल अघि
- ३३० पटक पढिएको

सहरका कार्यालयमा मात्र सिमित विधुतिय हाँजिरी प्रविधी अव विस्तारै हिमालमुनीका दुर्गम वस्तीमा पनि सुरु हुन थालेको छ ।
रघुगंगा गाउँपालिकाले आफ्ना सवै वडा, माध्यामिक विद्यालय र श्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुलाई नियमति गराउन विधुतिय हाँजिर मेशिन जडानगरी प्रविधीलाई दुर्गम वस्तीमा पुर्याएको हो ।
कर्मचारी/शिक्षकहरु समयमा कार्यालय/विद्यालय नआउने, पुरा समय कार्यास्थलमा नवस्दा सेवाग्राहीले बढी सास्ती खेप्नु परेपछि कर्मचारी नियमन गर्न र सेवा प्रभावकारी बनाउन विधुतिय हाँजिरी मेशिन राखेको रघुगंगा गाउँपालिकाले जनाएको छ । कार्यालयका अनुसार गाउँपालिका कार्यालय, सवै ८ वटा वडा कार्यालय, गापा क्षेत्रका ९ माध्यामिक विद्यालय, ८ वटै स्वास्थ्य चौकी, एक आर्युवेदिक कार्यालय समेत २७ कार्यालयमा मेशिन जोडिएको हो ।
शिक्षा र श्वास्थ्यका बढी कर्मचारी कार्यास्थल नवस्ने, समयमै कार्यालय नपुग्ने,समय अघि नै घर हिँड्ने गुनासो आएपछि नियमन गर्न विधुतिय हाँजिरी मेशिन राखेका हौं’ दुर्गम वडा कुईनेमंगलेका विद्यालय, श्वास्थ्यचौकी र वडा कार्यालयमा विधुतिय हाँजिर मेशिन जोडेपछि रघुगंगा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले भने, ‘विधुतिय हाँजिरको प्रिन्ट, एनालग हाँजिरी कापीको छायाँप्रति, काज खटिएको पत्र पेश नगरी उप्रान्त तलव भुक्तानी हुँदैन ।’
गाउँपालिका कार्यालयका अनुसार भ्याटबाहेक १२ हजार ३ सय ८९ रुपैयाँको दरले मध्यमस्तरको हाँजिरी मेशिन खरिद गरिएको हो । दोस्रो लडमा गाउँपालिका भित्रका सवै आधारभुत विद्यालय, कृषी, भेटेनरी जस्ता विषयगत कार्यालयहरुमा पनि विधुतिय हाँजिर जोड्ने तयारी छ । सवै विद्यालय र कार्यालयका विधुतिय हाँजिरी मेशिन संञ्चालन गर्ने उर्जा नभएकोले ब्याकअपको ब्यवस्थागरी जडान सुरु गरिने प्रशासकीय अधिकृत रमेश थापाले बताए ।
रघुगंगाले आफ्नो गाउँपालिका क्षेत्रका वडा, विद्यालय र श्वास्थ्यचौकीमा हाँजिरमेशिन राखेपनि जिल्लाका बेनी नगरपालिका समेत सवै ५ वटै गाउँपालिका कार्यालयहरुमा पनि विधुतिय हाँजिर मेशिन जडान गरिएको छ ।
अव विद्युतिय हाँजिर : रघुगंगा गाउँपालिका, ८ मा पर्ने धौलागिरी हिमालमुनीको दुर्गम रितुङ्ग माध्यामिक विद्यालयका प्रअ खिमबहादुर छन्त्याल, आईतवार विधुतिय मेशिनबाट हाँजिरी गर्दै । रघुगंगाका सवै वडा, मावि र स्वास्थ्यचौकीमा विधुतिय हाँजिर मेशिन जोडिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
