- Loading...
प्राकृतिक उपचार खोज्दै प्रचण्ड
- पुनहिल डट कम
- ६ साल अघि
- २५२ पटक पढिएको
स्वदेश तथा विदेशका ठूला अस्पतालमा एलोपेथिक उपचारबाट उपचार संभव नभएपछी नेकपा अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) पत्नी सीता दहालको प्राकृतिक उपचारको सहारा लिन पुगेका छन । ग्याँस्टीक, हाडजोर्नी, मुटुको रक्तचाप र छाला उपचारमा प्राकृतिक अस्पताल मानिएको तातोपानीबाट पत्नी सीताको उपचार गर्न नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बेनी नगरापालिका, ४ स्थित सिङ्गा तातोपानी आएका हुन । सीताको साथमा छोरी गंगा दाहल तथा निजी चिकित्सक पनि साथमा छन ।
नेकपा अध्यक्ष दहालसँगै संघिय सरकारका गृह मन्त्री रामबहादुर थापा श्रीमति नैनकला थापा, वैनी रेनु मगर र ज्वाई प्रेम आले पनि प्राकृतिक उपचार गराउन तातोपानी कुण्डमा डुब्न आएका छन । सिङ्गा तातोपानीमा डुबेर उपचार गर्न स्थानिय मात्र होईन देशका बिभिन्न ठाउँबाट बर्षेनी दशौं हजार बिरामी आउँछन । लामो समयदेखी सुगर, प्रेसर, थाईराईडको उपचार गराउँदै आएकी सीताको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि प्रचण्डले प्राकृतिक उपचारको विकल्प रोजेका हुन । पछिल्लो समय सीता दोस्रो ब्यक्तिको सहारा विना हिँड्डुल गर्न नसक्ने अवस्था छ । अध्यक्ष प्रचण्डसमेत गृहमन्त्रीको परिवार उपचार हतार भएकोले संञ्चारकर्मी तथा कार्यकर्तासंग पछि कुराकानी गर्ने समय नमिलेको हो । समय ब्यवस्थापन प्रयासमा छौं’ प्रचण्डका निकटस्थ योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठले भने, ‘सीता दहाललाई तातोपानीमा डुब्दा कस्तो हुन्छ प्रतिकृया हेरी बसाई तय हुने छ ।
कपडा फेर्ने स्थानबाट कट्टुमा मात्र निक्लेका अध्यक्ष प्रचण्ड, गृहमन्त्री थापा तातोपानी पोखरीमा डब्दासम्म ‘निजी जीवन’ भन्दै फोटो खिच्न मानेनन । तातोपानीको पोखरीमा बस्दा भित्री बस्त्र बाहेक अन्य वस्त्र लगाउन नपाईने नियम नभएकोले सीता दहाल समेत महिलाले भने फोटो खिच्न मानेनन । प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड तथा गृहमन्त्रीको परिवार थप दुई दिन तातोपानीमा डुब्ने कार्यक्रम छ । सँधै भिडभाड हुने तातोपानीको पोखरीलाई ब्यवस्थापन समितिले दहाल तथा थापा दम्पत्ति डुब्न मध्यान्न १२ बजेदेखी ३ बजेसम्मकालागी खाली गरिएको थियो । प्रचण्ड सोमबार विहान ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट गृह मन्त्री थापासहित ‘पारिवारिक भ्रमण’ गर्न आएका हुन । बेनीदेखी ४ किमी माथी अथुङ्गे डाँडा रहेको सेनाको श्रीवक्स गुल्ममा हेलिकोप्टरबाट ओर्लेपछि बेनीको याक होटलमा पुगेर खाना खाएका थिए । एक घन्टा कार्यकर्तासंग भेटघाटपछि पत्नी सीता लिएर १२ किमी पश्चिम म्याग्दी खोला किनारामा रहेको सिङ्गा तातोपानी पुगेका हुन ।
गृह मन्त्री थापाले भने जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको जिल्ला दैविप्रकोप न्युनिकरण युनिटको उद्घाटन गरे । पुरुष र महिला दुई घन्टाको पालो लगाएर पानीमा डुब्ने गर्छन् । लगातार दुई घण्टा डुबेपछी बाहिर निक्लेर कम्बलभित्र गुम्सीएर खलखली पसिना निकाल्नु पर्छ । तातोपानीमा डुबिसकेपछी पल्लोधाराको तातोपानीले पखाल्नु पर्छ ।