- Loading...
जाडो छल्न बेंशी झर्दै मुस्ताङ्गी
- पुनहिल डट कम
- ६ साल अघि
- ३०३ पटक पढिएको

घनश्याम खड्का
म्याग्दी– चिसो बढेपछि हिमालपारीको जिल्ला मुस्ताङ्गी मध्य कात्तिकदेखी नै जाडो छल्न बेंशीका बस्ती झर्र्न थालेका छन । सवै बेंशी झरेपछि मुस्ताङ्गको उपल्लो भेगका प्रायः सवै घर रिक्ता भएका छन ।
न्यानो खोज्न बेंशी झर्ने मुस्ता¨ीको परम्परागत पद्धति भने फेरिएको छ । गधा र घोडाको बथानसंगै जिम्बु लगाएतका हिमाली जडिबुटी बोकेर परिवारस“गै पैदल बेंशीका वस्तीमा झर्ने मुस्ता¨हरु अहिले भने बस, जीप र ट्रकमा कोचिएरै झरिरहेका छन । फाट्टफुट्ट मुस्ता¨ीहरु भने घोडाको बथानलाई हिमाली जडिबुटी बोकाएर पैदल नै तल ओर्लिरहेका भेटिन्छन ।
‘कोही जहाजमा, कोही गाडीमा जान्छन । खल्तीमा सुको नहुने हिंडेरै वेंशी झरेका छौं’ चरा¨बाट हिमाली जडिबुटी र केही चिनिया“ सामाग्रीलाई घोडामा बोकाएर पोखरा हिंडेका चरा¨का थुप्तेन गुरु¨ले भने, ‘बालबच्चा स्कुलले असोजमै पोखरा झारेको छ । महिलाहरु गाडीमा झरे हामी घोडा धपाएर झर्दै छौं ।’
हिउ“दाका कात्तिक–माघ चार महिना उनीहरु म्याग्दी, पर्वत, पोखरा हुंदै भारतका विभिन्न शहरमा पुगेर घुम्ती ब्यापारगरी विताउने गर्छन । मुस्ता¨ीका हरेक वर्षका हिउ“द यसरी नै वित्ने गरेको छ ।
हिउ“दा चार महिना मुस्ता¨ीको जाडो छल्ने समय हिमाली जडिबुटीलाई बेचेर फर्कदा खाद्यान्नको जोहो गर्ने गतिलो अवसर पनि हो । जौ, उवा, फापर र केही तरकारीबाहेक अन्य खेती नहुने र चौरी र भेडाच्याग्रा पाली जिविकोपार्जन गर्दै आएका उपल्लो भेगका मुस्ता¨ीको जिवन हिउ“दमा थप कष्टप्रद हुन्छ ।
मुस्ता¨का लोमन्था¨, डालोमे र बाह्गाउ“ मुक्तिक्षेत्र गाउ“पालिकाबाट बढीमात्रामा जाडो छल्न बेंशी छर्ने गर्छन् । मोटरबाटोको पहु“चले मुस्ता¨को जनजिवनमा ब्यापक फेरवदल आएपनि जाडो छल्न बेंशी झर्नुको विकल्प भने टरेको छैन ।
सरकारी कार्यालय र कर्मचारीहरु पनि तल्लो क्ष्ँेत्रमा ओर्लेका छन । उपल्लो मुस्ता¨का प्रहरी, हुलाक कर्मचारी, श्वास्थ्य कर्माचारीलाई चार महिनाकालागी तल्लो क्षेत्रका सम्बन्धीत कार्यालयमा समाहित गराईएको छ ।
विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरु स“गै झरेका शिक्षकहरुले पोखरामा अस्थाई विद्यालय स्थापना गरी अध्यापन गराउन थालेका छन । जाडो महिनाका चार महिना मध्य कात्तिकदेखी मध्य फागुनसम्म मुस्ता¨का विद्यालय बन्द गरी पोखरामा अस्थाई रुपमा चलाउने गरिन्छ ।
‘मुस्ताङ्गको उपल्लो भेग शुन्य बनेको छ । आफुस“गै हि“डाउन नसकिने अवस्थाका बृद्धाबृद्ध, घर कुरुवा र भेडाच्याङ्ग्रा, चौरी समेतका पशुचौपाया मात्र छोडिएका छन’ चराङ माविका शिक्षक शिव बरुवालले भने, ‘चिसो बढेपनि अझै हिउ“ परेको छैन । तर विद्यालय लगाएत सवै बस्तीमा जाडो विदा भएकोले अव फागुन १५ पछि मात्र माथी उक्लने हो ।’
मुस्ताङ्गी मात्र होईन उिपल्लो भेगका डोल्पालीहरु पनि जाडो छल्न मुस्ता¨को बाटोहु“ बेनी आई पुगेका छन । उनीहरुको पोखराहु“दै दिल्ली पुग्ने योजना छ । डोल्पाको छर्काभोट लगाएत आसपासका वस्तीबाट सवै भन्दा नजिकको पैदल मार्गबाट मुस्ताङ्गी बाटो हु“दै जाडो छल्न म्याग्दी, पोखरा पुग्ने गरेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
