- Loading...
रुईसे आईसफल नयाँ गन्तब्य
- पुनहिल डट कम
- ६ साल अघि
- ३८६ पटक पढिएको

सरकारले विहिवार रघुगंगा र अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ्गको लेते समेटेर बनेको रुईसे–धौलागिरी आईसफल एडभेन्चर ट्रेललाई नयाँ गन्तब्य घोषणा गरेको छ ।
सरकारले सय गन्तब्यमा रुईसे–आईसफल ट्रेललाई पनि समावेश गरेकोमा हामी उत्साही छौं’ पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रव पाईजाले भने, ‘स्थानीयले पनि रुईसे–आईसफलसम्मको चार दिनसम्मको पदमार्ग सुधार गर्ने, पूर्वाधारयुक्त बनाएका छौं । थप सुविधा थप्न र आवश्यक अन्य सहयोग गर्न आतुर छौं ।
धौलागिरी हिमालको उत्तरपूर्वि मोहडाबाट झर्ने हिउँ झरना ९आईसफल० सम्म पुग्ने पदमार्गलाई आईसफल पदमार्ग भनिन्छ । म्याग्दीको बेनीदेखी तिन किलोमिटर उत्तरमा पर्ने समुद्र सतहदेखी ९ सय मिटर अग्लो गलेश्वरबाट पदमार्ग शुरु भै भगवतीकोट, रुईसे, चिमखोलाको धुरीमा पर्ने कालापहाड हुँदै धौलागिरी आईसफल छेउबाट मुस्ताङ्गको याकखर्क, नारउरीकोट, लेते निक्लन सकिन्छ । एड्भेन्चर पदयात्राकालागी नयाँ गन्तब्य आईसफल पदयात्रा क्याम्पेन ट्रेक हो । पदयात्रामा गोरेटो निर्माण, खानेपानी तथा विसौनी, बाटो संकेत बोर्ड र हावाहुरी र हिमपातको बेला पर्यटकको सुरक्षाकालागी विभिन्न स्थानमा सामुदायिक भवनहरु निर्माण गरिएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
