- Loading...
पुनहिल भ्रमण वर्ष गन्तब्य घोषणा
- पुनहिल डट कम
- ६ साल अघि
- २७१ पटक पढिएको

सरकारले भ्रमण वर्षको अवसरमा घोषणा गरेको एक सय गन्तब्य स्थलमा पुनहिललाई पनि समेटेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, मा पर्ने पुनहिल–घोडेपानीलाई पोखराबाट छोटो दुरीमा सस्तो मुल्यमा गर्न घुम्न सकिने पर्यटकीय गन्तब्य घोषणा गरेको छ । कास्की र म्याग्दीका दुई अन्नपूर्ण गाउँपालिकाको सिमामा अवस्थित घोडेपानीको सिरानमा प्रख्यात दृष्यस्थल पुनहिल रहेको छ ।लुङतुङ डाँडोबाट गुर्जा, धौलागिरि, टुक्चे, धम्पुस, नीलगिरी,हिमचुली, अन्नपुर्ण, लमजुङ्ग, माछापुच्छ्रे समेतका हिमश्रृखला हेर्न विश्व विख्यात छ । यहाँका मगरहरु हरेक विहान वरीपरीका हिमाली देवतालाई सम्झन्छन ।
पदयात्रामा आएका पर्यटककालागी दोस्रो घर हो, घोडेपानी । गाउँ पर्यटनकालागी अनुकरणीय छ । पुनहिल चढ्ने क्रममा अशक्त हुनेहरुलाई आफैले बोकेर मोटरबाटोसम्म लैजान्छन, गाडीको ब्यवस्थागरी अस्पतालसम्म पुर्याउँछन । छिटो उद्धार गर्नु पर्ने विरामीलाई हेलिकोप्टर नै मगाई दिन्छन पनि । अन्य पर्यटकिय क्षेत्रमा जस्तो पर्यटनलाई बढी ब्यवसायीक मान्दैनन । उचाईको कारण होस वा अन्य दुर्घटनाबाट अफ्ठ्यारोमा परेका सवै पाहुनालाई यहाँका ब्यवसायीले भ्याएसम्म साथ र सहयोग गर्ने गरेका छन । ‘यहाँ सेवा र सहयोगी भावना बढी छ । हामीले कमाएको विश्वास पनि यही हो’ पर्यटन ब्यवसायी टेकसर बुद्धुजाले भने, पैसै सवै कुरा होईन । र उनीहरुले हाम्रो गुन पनि तिरेकै छन । घोडेपानीका ब्यवसायीमा पर्यटकलाई दोहोन गर्ने होईन आत्मियता सहितको सेवाबाट आर्जेको पैसालाई पूर्वाधार निर्माणमा लगानी गर्न सरकारको मुख ताक्ने संस्कारबाट पनि मुक्त छन । यसैको उदाहरण हो, घोडेपानी–पुनहिलमा निर्माण गरिएका पूर्वाधारहरु । जनश्रमदान, पर्यटकबाट संकलन भएको आर्थिक सहयोगबाट ब्यवसायीले घोडेपानी–पुनहिल पदमार्गलाई पूर्वाधारयुक्त बनाएका हुन ।
घोडेपानीबाट माथी पुनहिल डाँडामा पुग्ने उकालो बाटोमा ढुङ्गाको सिंढी विच्छाउने, दुवै किनारमा स्टीलको रेलिङ्ग राख्ने, भ्यू पोइन्ट, उकालो बाटो र पुनहिलका भ्यू पोईन्टहरुमा आराम बेञ्चहरु, कफी हाउस जस्ता पूर्वाधारहरु थप गरिएको हो । स्थानिय युवा क्लवले पुनहिल टावर वरपरको ढुङ्गेपर्खाल उठाएर आरामदायी भ्यू पोईन्ट, कफी हाउस र १५ वटा आराम बेञ्च राखेको हो । पुनहिल पुग्ने बाटो साँघुरो र चिप्लो भएको थियो । अहिले पुरै ढुङ्गाको छपनी विच्छाएको सिँढी र उकालोमा पर्यटकलाई सुस्ताउनकालागी विच–विचमा आराम बेञ्च राखेका छौं’ पुनहिल युवा क्लवका सदस्य चित्रबहादुर पुनले भने,–‘पर्यटन ब्यवसायी, आमा समुह र युवा क्लवको योगदान उल्लेख्य छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
