आज:  | Sat, 02, Jul, 2022

स्वस्थ्य समाजकालागी खेल मैदान मन्त्री पुन

२८ कार्तिक २०७५, बुधबार ०९:४९ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले स्वस्थ्य र निरोगी समाजकालागी हरेक गाउँ र विद्यालयमा खेल मैदान आवश्यक रहेकोले एक विद्यालय एक खेल शिक्षक अनिवार्य गर्न लागेको बताईन । खेलकुदले स्वस्थ्य तथा निरोगी नागरिक बनाउँछ । त्यसैले बालबालिकालाई खेलकुदमा सहभागी गराउन सवै विद्यालयमा खेल मैदान र एक खेल शिक्षक अनिवार्य गर्न बजेट बिनियोजन गरी काम अगाडी बढाएका छौं’ मन्त्री पुनले भनिन्,  ‘आगामी ५ बर्षभित्र सवै गाउँपालिकामा एक ब्यवस्थित खेल मैदान बनाउँछौं । युवा बालबालिकालाई खेलकुद र जेष्ठ नागरिकलाई योगाा सरिर श्वास्थ्य राख्ने माध्यम हो ।अन्नपूर्ण गाउँपालिका, ५ स्थित किन्दु टोल विकास संस्थाले आयोजना गरेको किन्द्र ग्रामिण सडक, सामुदायीक सभा हल, छिर्केश्वर मन्दीरको सत्तल र किन्दु युवा क्लवको खेल मैदान उद्घाटन गर्न आएकी मन्त्री पुनले प्रदेश सरकारले शैक्षिक गुणस्तर सुधार गर्न आवसिय विद्यालय, बालकक्षामा सुधार, प्राविधिक महाँविद्यालय, मुटु, मृगौला, बाल तथा महिला अस्पताल खोल्न लागेको पनि दावि गरिन । गाउँपालिकाको पनि दुर्गम क्षेत्रमा अवस्थित किन्दु गाउँबाट सहर र विदेश पुगेका र स्थानीयबाट संकलित ९१ लाख ६ सय ७० रुपैयाँको लागतमा शिख–किन्दु ६ किलोमिटर कृषी सडक, आरसिसि ढलान गरिएको भलिवल र बास्केटवल मैदान, सामुदायीक सभा हल भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष पदमबहादुर चोचाङ्गी मगरले बताए ।समितिले खेलमैदानकालागी आवश्य २ रोपनी ४ आजा जग्गा उपलब्ध गराउने मुक्तिराम, यमबहादुर र डिलीसरा पुर्जा, ३ लाख ५० हजार मुल्य बराबरको ४ सय थान स्लेट ढुङ्गा दिने जगबहादुर शेरपुञ्जा र २६ जना ८० बर्षमाथीका जेष्ठ नागरिकलाई सम्मान गरेको थियो । त्यसैगरी किन्दुमा जन्मिएर विभिन्न तह र जिम्मेवारी संहालेका बास्केटवल खेलाडी खुमराज पुर्जा, आर्चरी खेलका बाबुराम पाईजा, भारतिय सेनाका लेप्टेन केशव तिजिला, डाक्टर सागर पाईजा, पाईलन दुर्गाराम शेरपुञ्जा र पदम चोचाङ्गी, साँग्रिला बैंकका प्रवन्धक सन्दीप पुर्जा, भारतिय सेनाका क्याप्टेन बलबहादुर पाईजा, सिङ्गापुर प्रहरीका इनिस्पिेक्टर तिर्थ शेरपुञ्जा, इन्जिनियर असोक शरपुञ्जा र पुन समाजका केन्द्रीय महासचिव खिमन शेरपञ्जा, स्नाकोत्तर गर्ने शिख माविका शिक्षक खिमबहादुर पाईजालाई किन्दु समाजले सम्मान गरेको थियो ।