FLASH NEWS
  • Loading...

प्राकृतिक उपचार खोज्दै प्रचण्ड

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३६९ पटक पढिएको
प्राकृतिक उपचार खोज्दै प्रचण्ड

स्वदेश तथा विदेशका ठूला अस्पतालमा एलोपेथिक उपचारबाट उपचार संभव नभएपछी नेकपा अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) पत्नी सीता दहालको प्राकृतिक उपचारको सहारा लिन पुगेका छन । ग्याँस्टीक, हाडजोर्नी, मुटुको रक्तचाप र छाला उपचारमा प्राकृतिक अस्पताल मानिएको तातोपानीबाट पत्नी सीताको उपचार गर्न नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बेनी नगरापालिका, ४ स्थित सिङ्गा तातोपानी आएका हुन । सीताको साथमा छोरी गंगा दाहल तथा निजी चिकित्सक पनि साथमा छन ।

नेकपा अध्यक्ष दहालसँगै संघिय सरकारका गृह मन्त्री रामबहादुर थापा श्रीमति नैनकला थापा, वैनी रेनु मगर र ज्वाई प्रेम आले पनि प्राकृतिक उपचार गराउन तातोपानी कुण्डमा डुब्न आएका छन । सिङ्गा तातोपानीमा डुबेर उपचार गर्न स्थानिय मात्र होईन देशका बिभिन्न ठाउँबाट बर्षेनी दशौं हजार बिरामी आउँछन । लामो समयदेखी सुगर, प्रेसर, थाईराईडको उपचार गराउँदै आएकी सीताको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि प्रचण्डले प्राकृतिक उपचारको विकल्प रोजेका हुन । पछिल्लो समय सीता दोस्रो ब्यक्तिको सहारा विना हिँड्डुल गर्न नसक्ने अवस्था छ ।  अध्यक्ष प्रचण्डसमेत गृहमन्त्रीको परिवार उपचार हतार भएकोले संञ्चारकर्मी तथा कार्यकर्तासंग पछि कुराकानी गर्ने समय नमिलेको हो । समय ब्यवस्थापन प्रयासमा छौं’ प्रचण्डका निकटस्थ योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठले भने, ‘सीता दहाललाई तातोपानीमा डुब्दा कस्तो हुन्छ प्रतिकृया हेरी बसाई तय हुने छ ।

कपडा फेर्ने स्थानबाट कट्टुमा मात्र निक्लेका अध्यक्ष प्रचण्ड, गृहमन्त्री थापा तातोपानी पोखरीमा डब्दासम्म ‘निजी जीवन’ भन्दै फोटो खिच्न मानेनन । तातोपानीको पोखरीमा बस्दा भित्री बस्त्र बाहेक अन्य वस्त्र लगाउन नपाईने नियम नभएकोले सीता दहाल समेत महिलाले भने फोटो खिच्न मानेनन ।  प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड तथा गृहमन्त्रीको परिवार थप दुई दिन तातोपानीमा डुब्ने कार्यक्रम छ । सँधै भिडभाड हुने तातोपानीको पोखरीलाई ब्यवस्थापन समितिले दहाल तथा थापा दम्पत्ति डुब्न मध्यान्न १२ बजेदेखी ३ बजेसम्मकालागी खाली गरिएको थियो ।  प्रचण्ड सोमबार विहान ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट गृह मन्त्री थापासहित ‘पारिवारिक भ्रमण’ गर्न आएका हुन । बेनीदेखी ४ किमी माथी अथुङ्गे डाँडा रहेको सेनाको श्रीवक्स गुल्ममा हेलिकोप्टरबाट ओर्लेपछि बेनीको याक होटलमा पुगेर खाना खाएका थिए । एक घन्टा कार्यकर्तासंग भेटघाटपछि पत्नी सीता लिएर १२ किमी पश्चिम म्याग्दी खोला किनारामा रहेको सिङ्गा तातोपानी पुगेका हुन ।

गृह मन्त्री थापाले भने जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको जिल्ला दैविप्रकोप न्युनिकरण युनिटको उद्घाटन गरे । पुरुष र महिला दुई घन्टाको पालो लगाएर पानीमा डुब्ने गर्छन् । लगातार दुई घण्टा  डुबेपछी बाहिर निक्लेर कम्बलभित्र गुम्सीएर खलखली पसिना निकाल्नु पर्छ । तातोपानीमा डुबिसकेपछी पल्लोधाराको तातोपानीले पखाल्नु पर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल